ग्रेटवाल गाडी टेष्ट ड्राइभ र एक्सचेन्ज गर्दा उपहार र नगद छुट पाइने

काठमाडौं– ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक वितरक भिजी इम्पेक्सले फेस्टिभल सिजनको अवसरमा ‘टेष्ट ड्राइभ एण्ड एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ । असोज १८ गतेसम्म आयोजना हुने सो क्याम्पमा ग्राहकले हाभल एच६, हाभल जोलीयन, पोयर पीकअप र इलेक्ट्रिक कार ओरा ०३ जस्ता मोडलको टेष्ट ड्राइभ र एक्सचेन्ज गर्न सक्नेछन् ।

क्याम्पमा सहभागी हुने ग्राहकले हरेक दिन बोटको स्मार्ट वाच र एकजना भाग्यशाली विजेताले एमआई टिभी जित्न सक्ने कम्पनीले जनाएको छ । साथै ग्राहकले आफूसंग भएको जुनसुकै ब्रान्डको पुरानो गाडी दिएर ग्रेटवालको ब्रान्ड न्यू गाडी एक्सचेन्ज गर्दा आकर्षक बोनस समेत पाउनेछन् ।

यसैगरी दशैं अफर अन्तर्गत आकर्षक नगद छुट, ‘एक्सक्लुसिभ सेलिब्रेसन डिस्काउन्ट’ र स्पेसल बोनस पाउनेछन् भने एकवर्षको इन्स्युरेन्स र रोड ट्याक्सलाई समेत निशुल्क गरिएको छ । यसैगरी एसेसोरिज र निुशल्क सर्भिस समेत प्रदान गरिने कम्पनीले जनाएको छ । इलेक्ट्रिक कार ओरा–०३ को हकमा भने कम्पनीले ७ किलोवाटको चार्जर सित्तैमा दिने बताएको छ ।

ग्रेटवालको नेपाली बजारमा ह्याभल जोलियन र एच६ एसयूभीको साथै पिक अपमा पोयर र ओरा–०३ इलेक्ट्रिक कार उपलब्ध छ । जसमध्ये इलेक्ट्रिक कार ओरा–०३ अहिले चर्चामा रहँदै आएको छ । ४०० किलोमिटर रेन्ज दावी गरिएको यो कारमा ग्रेटवालले ४७.७ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर जडान गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...