लक्जरी र विद्युतीयको संगम : जीडब्लुएम ट्यांकको नयाँ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं – जीडब्लुएम अर्थात ग्रेटवाल मोटरको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले ट्यांक सिरिजको नयाँ ट्यांक ३०० एचईभी र ट्यांक ५०० पीएचईभी औपचारिक रुपमा सार्वजनिक गरेको छ । यसले प्रिमियम एसयूभी क्षेत्रमा नयाँ युगको सुरुवात गरेको कम्पनीको भनाइ छ । लक्जरी, प्रविधि र दमदार अफरोड क्षमताको संयोजन सहित यो सिरिजले हरेक भूभागमा आत्मविश्वासका साथ ड्राइभ गर्ने अनुभवलाई नयाँ परिभाषा दिएको छ ।

चेङदु अटो शो २०२१ र सन् २०२२ मा चीनमा प्रस्तुति दिएपछि ग्राहकहरुको मन ट्यांकले जितिसकेको बताइएको छ । हाल इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्युजिल्यान्ड जस्ता बजारहरुमा शक्ति, शैली र विश्वसनियताका लागि यो प्रसिद्ध छ ।

हाल अष्ट्रेलिया, मध्य एसिया, एसियन राष्ट्र, मध्यपूर्व र दक्षिण अफ्रिका जस्ता अन्तर्राष्ट्रिय बजारहरुमा विस्तार गरिसके पछि ४ लाख भन्दा बढी बिक्री हासिल गर्दै अफरोड प्रेमीहरुको नयाँ रोजाइ बनिसकेको छ ।

वार्षिक रुपमा ८७.५९ प्रतिशतको वृद्धिदर देखिएको अफरोड संस्कृतिको विकासतर्फ ट्यांक ब्रान्डको प्रवेशले नेपालमा सो संस्कृतिलाई अझै बढाउनुका साथै जीडब्लुएमको बजारप्रतिको प्रतिबद्धतालाई समेत दर्शाएको कम्पनीले जनाएको छ ।

जीडब्लुएम ट्यांकका यी अफरोड एसयूभी सबै भूभागका लागि उपयुक्त छन् । यसमा एड्भान्स्ड फोर ह्विल ड्राइभ प्रणाली सहितको ढु्ंगा, बालुवा, हिलो र हिउँका लागि विभिन्न मोडहरु उपलब्ध छन् । यसलाई हाइब्रिड शक्ति र प्रदर्शनको अफरोड सवारी भन्न सकिन्छ, जस अन्तर्गत ट्यांक ५०० पीएचईभीले टर्बोचार्ज्ड इन्जिन र शक्तिशाली इलेक्ट्रिक मोटरको संयोजनमार्फत तुरुन्त टर्क र उत्कृष्ट आयल दक्षता प्रदान गर्छ ।

जीडब्लुएम ट्यांकमा भएको प्रिमियम इन्टेरियर, उच्च गुणस्तरका सामग्री, डिजिटल डिस्प्ले र इन्टेलिजेन्ट सिस्टमहरुले एसयूभी अनुभवलाई नयाँ स्तरमा पु¥याउँछन् । त्यसैगरी स्मार्ट सेफ्टी र प्रविधि अन्तर्गत एडास, ३६० डिग्री क्यामेरा र इन्टेलिजेन्ट ड्राइभ असिस्ट प्रणालीले सडकमा वा अफरोडमा अधिकतम नियन्त्रण सुनिश्चित गर्छ ।

यी गाडीमा भएका आकर्षक डिजाइन र बलियो रुपले जीडब्लुएमको ‘पावर विथ परपोज’ भिजनलाई व्यक्त गरेको छ ।

जीडब्लुएम ट्यांक ३०० र ट्यांक ५०० अब नेपाली बजारमा २.० लिटर टर्बो पेट्रोल एचईभी र पीएचईभी भेरिएन्टमा उपलब्ध छन् । ९–स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध यी गाडीले क्रमश? ३५१ पीएस पिकअप पावर र ६४८ एनएम टर्क तथा ४०८ पीएस पावर र ७५० एनएम टर्क जेनेरेट गर्छन् । यसका कारण पहाड वा राजमार्गका सबै यात्राहरु सहजै जित्का लागि यी एसयूभी तयार भएको भीजी इम्पेक्सले जनाएको छ ।

सम्बन्धित समाचारहरू

२०० किलोमिटरको रेन्ज दिने संसारको पहिलो इलेक्ट्रिक कन्भर्टिबल कार

२०० किलोमिटरको रेन्ज दिने संसारको पहिलो इलेक्ट्रिक कन्भर्टिबल कार

आकर्षक कारका लागि चर्चित मिनीले आफ्नो सबैभन्दा लोकप्रिय कार कुपरको...

यी हुन् बजारमा सबैभन्दा ठूलो डिस्प्ले भएका इलेक्ट्रिक स्कुटर

यी हुन् बजारमा सबैभन्दा ठूलो डिस्प्ले भएका इलेक्ट्रिक स्कुटर

इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीसाधनको माग तीव्र गतिमा बढिरहेको छ। पहिले...

आज बजेट सार्वजनिक हुँदै : सवारी साधनको कर बढ्ने चिन्ता

आज बजेट सार्वजनिक हुँदै : सवारी साधनको कर बढ्ने चिन्ता

आज सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि बजेट सार्वजनिक गर्दैछ । बजेटमा अन्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...