भरतपुरमा गुड्दै गरेको जीएसी एवोन वाई ईभीमा आगलागी, १ जनाको मृत्यु
काठमाडौं–चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोकस्थित पूर्व–पश्चिम...
काठमाडौँ–जीडब्ल्यूएमका नयाँ विद्युतीय सवारीसाधनप्रति ग्राहकको चासो बढिरहेका बेला आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले ओरा५ ईभी र हावाल जोलियन म्याक्स ईभीको डेलिभरी प्रक्रिया तीव्र बनाएको छ । कम्पनीले बुकिङ गरेका ग्राहकलाई गाडी हस्तान्तरण गर्नका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
हालै भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवागढी नाकातर्फको सडकमार्ग गम्भीर रूपमा प्रभावित भएको थियो । सडक अवरोधले गर्दा आयात तथा आपूर्तिमा कठिनाइ उत्पन्न भएपछि कम्पनीले वैकल्पिक उपाय स्वरूप कोरला नाका प्रयोग गरी गाडीको ढुवानी सुरु गरेको छ । यस वैकल्पिक मार्गको प्रयोगबाट सडक अवरुद्ध भएता पनि गाडीको निरन्तर आपूर्ति तथा डेलिभरी प्रक्रियालाई सुचारु राख्न ठूलो मद्दत पुगेको कम्पनीको भनाइ छ ।
हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको हावाल जोलियन म्याक्स ईभी जीडब्ल्यूएमको ओरा ५ पछि नेपाली बजारमा भित्रिएको दोस्रो पूर्ण विद्युतीय एसयूभी हो ।
कम्पनीले यस मोडललाई ५९ लाख ९९ हजारको विशेष सुरुवाती मूल्यमा बजारमा प्रस्तुत गरेको थियो । नयाँ पुस्ताको आकर्षक डिजाइन, आधुनिक विद्युतीय प्रविधि र प्रिमियम सेगमेन्टमा उपलब्ध भएका कारण यी दुवै मोडलले नेपाली ग्राहकबाट निकै उत्साहजनक प्रतिक्रिया पाइरहेका छन् ।
भीजी इम्पेक्सका अनुसार ग्राहकहरूबाट प्राप्त भएका बुकिङहरूलाई प्राथमिकताका आधारमा क्रमबद्ध रूपमा प्रशोधन गरिरहिएको छ । गाडी डेलिभरीको विस्तृत समय तालिकासम्बन्धी जानकारी चाँडै नै सार्वजनिक गरिने र बुकिङदेखि हस्तान्तरणसम्मको सम्पूर्ण प्रक्रियालाई ग्राहकका लागि सहज र व्यवस्थित बनाउन कम्पनी पूर्ण रूपमा प्रतिबद्ध रहेको छ ।
जीडब्ल्यूएम नेपालले नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै आगामी दिनहरूमा पनि विश्वस्तरीय प्रविधियुक्त प्रिमियम तथा लक्जरी विद्युतीय सवारीसाधनहरू क्रमशः भित्र्याउने लक्ष्य लिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...