जेठभित्र ‘सञ्चालनमा आउँदै’ ग्वार्को ओभरपास

काठमाडौँ–भत्काएर फेरि निर्माण थालिएको ग्वार्को ओभरपास जेठभित्र सञ्चालनमा आउने भएको छ । निर्माण सम्पन्न भई जेठभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको आयोजना प्रमुख तथा गुणस्तर अनुसन्धान विकास केन्द्रका निर्देशक दीप बाराहीले बताए ।

‘यसको म्याद पुस पुस ८ गते नै सकिएको हो । पुस ९ गतेदेखि दैनिक ८५ हजार रुपैयाँ हर्जाना तिरेर काम भइरहेको छ । पुस ८ पछि म्याद थप भएको छैन । चैत मसान्तसम्म सक्ने कार्यतालिका थियो,’ उनले भने, ‘तर प्यानल निकालेर पुनः राख्दा निर्माण कम्पनीले वैशाखभित्रै सक्ने प्रतिबद्धता जनाएको छ । जेठभित्र सञ्चालनमा आइसक्छ । ’

८२ प्रतिशत निर्माणसम्पन्न भएको यो ओभरपासको एउटा सानो खण्ड भत्काएर फेरि निर्माण भइरहेको छ । गत माघ २४ गतेदेखि ग्वार्को ओभरपासमा सातदोबाटोतर्फ राखिएको रेनफोस्र्ड अर्थ (आरई वाल) को प्यानल झिकेर फेरि राखिरहेको छ । गत माघदेखि सातदोबाटोतर्फ करिब ४० मिटर दूरीमा राखिएको वालको प्यानल झिकेर फेरि जडान गरिरहेको छ ।

निर्देशक बाराहीले भत्काए फेरि निर्माण थालिएको वाल निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् । ‘करिब ४० मिटरमा राखिएको आरई वालको प्यानलमा सुधार गर्नुपर्ने देखियो,’ उनले भने, ‘बीचमा ग्याप भएको र त्यति मात्र सुधार गर्न नमिल्ने भएपछि पूरै भाग निकालेर काम गरिएको हो । प्यानल निकालेर अहिले पुनः जडान भइरहेको छ । अहिले अन्तिम चरणमा छ ।’

बाराहीका अनुसार प्यानल इन्टरलकिङ भएका कारण सातदोबाटोतर्फ ४० मिटर बिग्रिएको आरई वाल पूरै भत्काउनुपरेको थियो । यस भागको मात्र माटो निकालेर प्यानल जडान गरिएको हो । यो काम सकिएपछि सडक पिच गरिन्छ ।

‘आरई वालको काम सकेर बेस र सब–बेस राखी कालोपत्रको काम थालिन्छ,’ उनले भने, ‘आरई वाल र पुल जोड्ने गरी ‘एप्रोच स्ल्याब’ राख्ने काम बाँकी छ । यी काम वैशाखतिरै सम्पन्न भई जेठमा सञ्चालनमा ल्याइन्छ । असारअघि बर्खा लाग्नुअघि सञ्चालनमा आउँछ ।’

सम्बन्धित समाचारहरू

गण्डकी प्रदेशमा ३ सय किमी सडक कालोपत्रे हुने

गण्डकी प्रदेशमा ३ सय किमी सडक कालोपत्रे हुने

काठमाडौँ – गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा थप तीन सय किलोमिटर सडक...

काठमाडौं–पोखरा र काठमाडौं-सुनौली रुटमा सोफासहितको पर्यटक बस सेवा सुरू

काठमाडौं–पोखरा र काठमाडौं-सुनौली रुटमा सोफासहितको पर्यटक बस सेवा सुरू

काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौं–पोखरा र...

नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस

नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस

काठमाडौँ – काठमाडौँबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...