काठमाडौंमा गल्फ लुब्रिकेन्ट्सको रिटेलर मिट सम्पन्न

काठमाडौं– गल्फ लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता एबं उत्पादक नेपाल ल्यूव आयल लिमिटेडले शुक्रबार काठमाडौंमा रिटेलर मिट सम्पन्न गरेको छ । सुकेधारास्थित डिलर जय मधु गंगा ट्रेडर्ससंगको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा ५० भन्दा बढि रिटेलरले सहभागिता जनाएका थिए ।

कार्यक्रममा सिजी होल्डिङ्सका कार्यकारी निर्देशक एबं नाडा अध्यक्ष करण चौधरी, नेपाल ल्यूव आयल लिमिटेडका महाप्रबन्धक गङ्गाराज भट्टराई र अटो मेकानिक्स ब्यवसायी संघका पूर्ब अध्यक्ष ठाकुरप्रसाद न्यौपाने लगायतको उपस्थिती रहेको थियो । नयाँ बिक्रेताका रुपमा काम सुरु गरेपछि पहिलोपटक रिटेलर मिट कार्यक्रम गर्न पाउँदा खुसी लागेको जय मधु गंगा ट्रेडर्सका अध्यक्ष हिरन बुढाथोकीले बताए ।

कार्यक्रममा नेपाल ल्युब आयलका बजार प्रबन्धक जय प्रकाश पञ्जियारले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । वित्त चित्र मार्फत उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने लुब्रिकेन्टको बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा रिटेलरहरुलाई गल्फ लुब्रकेन्ट्सको आधिकारिक च्यानल पार्टनर प्रमाण पत्र समेत हस्तान्तरण गरिएको थियो । यस्तो प्रमाणपत्र आफ्ना रिटेलरहरुलाई पनि हस्तान्तरण गर्न सुरु गरिएको प्रबन्धक जय प्रकाश पञ्जियारले जानकारी गराए ।

सम्बन्धित समाचारहरू

लक्ष्मी ल्युब आयलको च्यानल पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न

लक्ष्मी ल्युब आयलको च्यानल पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न

काठमाडौं – टोटल इनर्जिजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्युब...

मसिंर ६ गते ‘इन्डिया–नेपाल आफ्टर मार्केट अटो पार्टस् शो’ आयोजना हुने

मसिंर ६ गते ‘इन्डिया–नेपाल आफ्टर मार्केट अटो पार्टस् शो’ आयोजना हुने

नेपालमा दोस्रो पटक ‘इन्डिया–नेपाल आफ्टर मार्केट अटो पार्टस् शो’ आयोजना...

नेपाल ल्युब आयल लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल ल्युब आयल लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...