नेपालगन्ज र दाङमा खुल्यो गल्फ लुब्रिकेन्टको विश्व स्तरीय शोरुम

गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले नेपालगन्जमा आफ्नो आधिकारक बिक्रेता रवि ट्रेडर्स र दाङमा आफ्नो आधिकारक बिक्रेता मध्य पश्चिम सप्लायर्सको नयाँ शोरुम उद्घाटन गरेको छ । ग्राहकलाई उच्च स्तरीय सेवा प्रदान गर्न नयाँ शोरुमहरु संचालनमा ल्याएको कम्पनीले बताएको छ ।

नेपालमा ३८ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा बढी विक्री हुने दाबी गरिएको ब्रान्ड हो गल्फ लुब्रिकेन्ट । शोरुमहरुको उदघाटन नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष अरुण चौधरीले गरे । समारोहमा बोल्दै चौधरीले भने, ‘गल्फ ब्रान्ड अन्तर्राष्ट्रिय ब्रान्ड हो जुन उच्च गुणस्तरका लागि प्रख्यात छ । नेपाली बजारमा गल्फ सर्वाधिक बिक्री हुने लुब्रिकेन्ट ब्रान्ड हो ।’

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराईका अनुसार नयाँ उच्चस्तरीय शोरुमहरुबाट कम्पनीले सबै गल्फ ब्रान्डको उत्पादनहरु ग्राहक माझ उपलब्ध गराउने छ र ग्राहकले पनि उच्चस्तरिय लुब्रिकेन्ट प्रयोग गर्न पाउने छन् ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ ।

सम्बन्धित समाचारहरू

चौधरी ग्रुप अन्तर्गतको नेपाल ल्युब आयलले कम्पोनेन्ट व्यवसाय समेत गर्ने

चौधरी ग्रुप अन्तर्गतको नेपाल ल्युब आयलले कम्पोनेन्ट व्यवसाय समेत गर्ने

काठमाडौं । नेपालमा हाल गल्फ लुब्रिकेन्टको बिक्री वितरण गरिरहेको चौधरी...

नयाँ ब्रान्डका लुब्रिकेन्ट्स थपिने र डिलरसिप परिवर्तन हुने क्रममा तीव्रता

नयाँ ब्रान्डका लुब्रिकेन्ट्स थपिने र डिलरसिप परिवर्तन हुने क्रममा तीव्रता

लुब्रिकेन्ट्स बजारमा पछिल्लो समय नयाँ ब्रान्ड थपिने र डिलरसिप परिवर्तन...

गल्फ लुब्रिकेन्टको उत्पादक नेपाल ल्युब आयलले साधारण सभामार्फत बोनस र नगद लाभांश दिने

गल्फ लुब्रिकेन्टको उत्पादक नेपाल ल्युब आयलले साधारण सभामार्फत बोनस र नगद लाभांश दिने

काठमाडौं – गल्फ लुब्रिकेन्टको वितरक तथा उत्पादक नेपाल ल्युव आयल लिमिटेडले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...