लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
काठमाडौं–टोटल इनर्जिज लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
नेपालमा गल्फ लुव्रिकेन्टको उत्पादक नेपाल ल्यूव आयल लिमिटेडले स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ । कम्पनीले पुस ९ देखि १३ गतेसम्म भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा क्याम्प आयोजना गरेको थियो ।
क्याम्पमा स्वराज ट्रयाक्टरको निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज गरिनुको साथै ट्रयाक्टर धनी तथा ड्राइभरको निःशुल्क स्वास्थ्य जाँच समेत गरेको थियो । उनीहरुलाई उपहार स्वरूप गल्फको टी–शर्ट, कि– रिङ्ग र डटपेन लगायत सामाग्री प्रदान गरिएको कम्पनीले जनाएको छ ।
क्याम्प नेपाल ल्युब आयल र सो क्षेत्रका लागि विक्रेता राजेश ट्रेडर्स एण्ड सप्लायर्सको संयुक्त आयोजनामा भएको हो । क्याम्पमा १७० भन्दा धेरै ट्रयाक्टर धनीले सहभागिता जनाएको कम्पनीले बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...