पेट्रोनस लुब्रिकेन्टको रिटेलर तथा मेकानिक्स मिट सम्पन्न
काठमाडौं – पेट्रोनस लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता...
काठमाडौं – गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले चन्द्रपुरमा आफ्नो आधिकारिक बिक्रेता जैसवाल ट्रेडिङ कन्सर्न, नारायणघाटमा आशिर्वाद अटो ट्रेडिङ र हेटौंडामा दिव्या बिजनेस कन्सर्नको नयाँ शोरुम उदघाटन गरेको छ ।
ग्राहकलाई उच्च सेवा प्रदान गर्न र नेपालकै सर्वाधिक बिक्री हुने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउन नयाँ शोरुमहरु संचालनमा ल्याएको कम्पनीले जनाएको छ।
शोरुमहरको उदघाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरे । समारोहमा बोल्दै उनले भने, ‘गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो। उत्कृष्ट पर्फमेन्स र अनम्याच्ड क्वालिटीका कारण गल्फ लुब्रिकेन्ट नेपाली ग्राहकहरुको माझ निकै लोकप्रिय र विश्वसनीय बनेको हो।’
नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराइका अनुसार नयाँ उच्चस्तरीय शोरुमहरुबाट कम्पनीले सबै गल्फ ब्रान्डको उत्पादकहरु ग्राहक माझ उपलब्ध गराइने र ग्राहकले पनि उच्चस्तरिय लुब्रिकेन्ट प्रयोग गर्न पाउने छन् । उनले भने, ‘गल्फले पहिलेदेखि नै सबैभन्दा ठूलो शोरुमहरुको नेटवर्क सञ्चालन गर्दै आएको छ र हामीले आगामी दिनहरूमा नेपालभर थप शोरुमहरू खोल्दैछौँ, जसबाट देशका कुनाकुनामा रहेका सबै ग्राहकले गल्फ लुब्रिकेन्टको फाइदा पाउन सक्नुहुनेछ।’
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।
नेपालमा गल्फले ३८ वर्षको गौरबमय यात्रा पार गरेको छ ।
काठमाडौं – पेट्रोनस लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता...
काठमाडौं – कन्ट्रोल लुब्रिकेन्ट्सले स्तन क्यान्सरविरुद्धको सचेतनाका...
हाई पर्फमेन्स आयल र लुब्रिकेन्ट उत्पादनको विशेषज्ञता हासिल गरेको मोटुल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...