कोभिड असर : बेस आयलको मूल्य लगातार बढ्दा नेपालमा फेरि बढ्दै लुब्रिकेन्टको मूल्य
काठमाडौं – निषेधाज्ञा भन्दा पहिले एक पटक बढेको लुब्रिकेन्टको मूल्य नेपाली...
नेपालमा ३८ वर्षको गौरबमय यात्रा बोकेको, विश्व प्रख्यात र सर्बाधिक बिक्री हुने दावी गरिएको ब्रान्ड गल्फ लुब्रिकेन्टेको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो डिलर मिट सम्पन्न गरेको छ ।
‘च्यालेन्ज इगनाइट्स सक्सेस’ नाराका साथ सम्पन्न दुइ दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इन्डिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो ।
कार्यक्रमको उद्देश्य डिलरहरूलाई उत्प्रेरित गर्ने र अर्को वर्षको रोडम्यापसँग पंक्तिवद्ध गर्ने रहेको कम्पनीको भनाइ छ । कार्यक्रममा विभिन्न बिधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘विगत केही वर्षदेखि बाह्य कारणले गर्दा व्यवसायहरूले एक वा अर्को समस्याको सामना गर्दै आएका छन् । यो चुनौतीपूर्ण समयमा पनि हाम्रा डिलरहरूको अथक प्रयास र इनोभेसनको कारण हामी नेपालकै सर्बाधिक बिक्रि हुने ब्रान्ड भैराखेका छौ । म हाम्रा सबै डिलरहरु र टिमको प्रयासका लागि आभारी छु जसले यो सम्भव बनाएको छ ।’
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।
काठमाडौं – निषेधाज्ञा भन्दा पहिले एक पटक बढेको लुब्रिकेन्टको मूल्य नेपाली...
काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयल...
काठमाडौं– गल्फ लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता एबं...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...