दशैंलाई लक्ष्यित गर्दै भित्रिए १६ सय बढी ईभी गाडी, कुन देशबाट कति आए ?
काठमाडौं – दशैंलाई लक्ष्यित गर्दै ईभी गाडीका बिक्रेता कम्पनीहरूले...
काठमाडौं – नेपाली बजारमा हालै उपलब्ध ह्यावलका दुई गाडी जोलियन र एच६ तथा ग्रेटवाल पोअर किन्दा ६ लाख सम्म फाइदा पुग्ने गरी चाडपर्व अफर सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले ‘चाडपर्वको उमंग, ह्यावल र पोअर चढी दंग’ नामक सो अफर सार्वजनिक गरेको हो ।
यी विभिन्न गाडीमा विभिन्न प्रकारको नगद छुट उपलब्ध हुनेछ । त्यसैगरी एक वर्ष सम्मको सडक कर निःशुल्क हुनेछ भने एसेसरिज र एक वर्ष सम्मको इन्स्योरेन्स समेत निःशुल्क उपलब्ध हुनेछ ।
यी गाडीका लागि सहज फाइनान्सिङ सुविधा समेत उपल्ब्ध भएको कम्पनीको भनाइ छ ।
ह्यावल जोलियन ह्याचब्याक कार हो । यसको प्रारम्भिक मूल्य ५७ लाख ९९ हजार रुपैयाा छ । विभिन्न चार भेरिएन्टमा उपलब्ध ह्यावल जोलियनमा रहेको १.५ लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले ११० किलोवाटको पावर र २२० एनएमको अधिकतम टर्क दिन्छ । यस गाडीमा रहेको पर्याप्त ग्राउण्ड क्लियरेन्स नेपाली सडकको लागि उचित रहेको कम्पनीको भनाइ छ ।
थर्ड जेन ह्यावल एच६ एसयूभीको मूल्य १ करोड ३ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो गाडी एसयूभी वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम पनि हो । २.० लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १५० किलोवाटको पावर र ३२० एनएमको टर्क प्रदान गर्ने यो गाडीमा रहेको पर्याप्त ग्राउण्ड क्लियरेन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई विशेष आरामदायी अनुभूति प्रदान गर्ने कम्पनीको दावी रहेको छ ।
ग्रेटवालको पोअर पिकअपको प्रारम्भिक मूल्य ७० लाख ९९ हजार ९९९ रुपैयाँ छ । पिकअप सेगमेन्टमा पाइलट भेरिएन्ट नेपाली बजारमा उपलब्ध छ । यसमा भएको २.० लिटरको डिजेल इन्जिनले १२० किलोवाटको पावर र ४०० एनएमको टर्क जेनेरेट गर्छ । यस गाडीमा रहेको हाइयर ग्राउण्ड क्लियरेन्सले नेपालकोे खाल्डो खुल्डी भएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनुका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्दछ ।
कम्पनीले ह्यावलका गाडीमा ५ वर्ष र पोअर पिकअपमा ३ वर्षको वारेन्टी दिने बताएको छ । हाल काठमाडौंको थापाथलीका ग्रेटवाल मोटर्सको सोरुम छ । देशभरका प्रमुख सहरमा सोरुम विस्तार गर्ने योजना रहेको कम्पनीको भनाइ छ । ललितपुरको चाकुपाटस्थित युएन पार्क नजिकै यसको स्टेट अफ द आर्ट सर्भिस सेन्टर सञ्चालनको क्रममा रहेको छ ।
काठमाडौं – दशैंलाई लक्ष्यित गर्दै ईभी गाडीका बिक्रेता कम्पनीहरूले...
काठमाडाैं – भक्तपुरको सल्लाघारीस्थित ओमोडा एन्ड जेइकोको शोरुममा ३ दिने...
काठमाडौं – नाडा अटो शो २०२५ भोलि देखि प्रारम्भ हुँदैछ । सो अवसरमा स्काईवेल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...