चाडपर्व अफर : ह्यावलका दुई गाडी वा ग्रेटवाल पोअर पिकअप किन्दा ६ लाख सम्मको फाइदा हुने

काठमाडौं – नेपाली बजारमा हालै उपलब्ध ह्यावलका दुई गाडी जोलियन र एच६ तथा ग्रेटवाल पोअर किन्दा ६ लाख सम्म फाइदा पुग्ने गरी चाडपर्व अफर सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले ‘चाडपर्वको उमंग, ह्यावल र पोअर चढी दंग’ नामक सो अफर सार्वजनिक गरेको हो ।

यी विभिन्न गाडीमा विभिन्न प्रकारको नगद छुट उपलब्ध हुनेछ । त्यसैगरी एक वर्ष सम्मको सडक कर निःशुल्क हुनेछ भने एसेसरिज र एक वर्ष सम्मको इन्स्योरेन्स समेत निःशुल्क उपलब्ध हुनेछ ।

यी गाडीका लागि सहज फाइनान्सिङ सुविधा समेत उपल्ब्ध भएको कम्पनीको भनाइ छ ।

ह्यावल जोलियन ह्याचब्याक कार हो । यसको प्रारम्भिक मूल्य ५७ लाख ९९ हजार रुपैयाा छ । विभिन्न चार भेरिएन्टमा उपलब्ध ह्यावल जोलियनमा रहेको १.५ लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले ११० किलोवाटको पावर र २२० एनएमको अधिकतम टर्क दिन्छ । यस गाडीमा रहेको पर्याप्त ग्राउण्ड क्लियरेन्स नेपाली सडकको लागि उचित रहेको कम्पनीको भनाइ छ ।

थर्ड जेन ह्यावल एच६ एसयूभीको मूल्य १ करोड ३ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो गाडी एसयूभी वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम पनि हो । २.० लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १५० किलोवाटको पावर र ३२० एनएमको टर्क प्रदान गर्ने यो गाडीमा रहेको पर्याप्त ग्राउण्ड क्लियरेन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई विशेष आरामदायी अनुभूति प्रदान गर्ने कम्पनीको दावी रहेको छ ।

ग्रेटवालको पोअर पिकअपको प्रारम्भिक मूल्य ७० लाख ९९ हजार ९९९ रुपैयाँ छ । पिकअप सेगमेन्टमा पाइलट भेरिएन्ट नेपाली बजारमा उपलब्ध छ । यसमा भएको २.० लिटरको डिजेल इन्जिनले १२० किलोवाटको पावर र ४०० एनएमको टर्क जेनेरेट गर्छ । यस गाडीमा रहेको हाइयर ग्राउण्ड क्लियरेन्सले नेपालकोे खाल्डो खुल्डी भएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनुका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्दछ ।

कम्पनीले ह्यावलका गाडीमा ५ वर्ष र पोअर पिकअपमा ३ वर्षको वारेन्टी दिने बताएको छ । हाल काठमाडौंको थापाथलीका ग्रेटवाल मोटर्सको सोरुम छ । देशभरका प्रमुख सहरमा सोरुम विस्तार गर्ने योजना रहेको कम्पनीको भनाइ छ । ललितपुरको चाकुपाटस्थित युएन पार्क नजिकै यसको स्टेट अफ द आर्ट सर्भिस सेन्टर सञ्चालनको क्रममा रहेको छ ।

सम्बन्धित समाचारहरू

३ लाख रुपैयाँले बढ्यो दिपल एस ०७ को मूल्य, असार पछि डेलिभरी

३ लाख रुपैयाँले बढ्यो दिपल एस ०७ को मूल्य, असार पछि डेलिभरी

काठमाडौं – नेपाली बजारमा राम्रो बिक्री भइरहेको दिपल एस ०७ को मूल्य ३ लाख...

चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभी हस्तान्तरण

चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभी हस्तान्तरण

काठमाडौं – आजबाट सुरु भएको दोस्रो ‘चितवन अटो शो २०२६’ मा सिप्रदी...

कामा ब्रान्डको ईभी पिकअपको मूल्य २५ लाख ९० हजार, खुल्यो बुकिङ

कामा ब्रान्डको ईभी पिकअपको मूल्य २५ लाख ९० हजार, खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारमा भित्रिने कामा ईभी पिकअपको मूल्य २५ लाख ९० हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...