तेल भर्ने समय भन्दा कम समयमै ब्याट्री चार्ज गर्न सकिने ग्रेफिन टेक्नोलोजीयुक्त कार

विश्वभर इलेक्ट्रिक कारको चलन सुरु भइसकेको छ । साथै भारतलगायत नेपालमा पनि इलेक्ट्रिक कारको माग दिनानुदिन बढ्दै गइरहेको छ । भारतमा इलेक्ट्रिक कारको बढ्दो मागलाई ध्यानमा राखेर टाटा, हुन्डाई, महिन्द्रा, मर्सिडिज, औडी र ज्यागुआर कम्पनीले पनि इलेक्ट्रिक कार लन्च गरिसकेको छ भने केही लन्चको तयारी अवस्थामा रहेको छ । नेपाली बजारमा पनि धेरै कम्पनीले इलेक्ट्रिक गाडी उपलब्ध गराइसकेका छन् ।

यद्यपि इलेक्ट्रिक कारलाई चार्ज गर्न बढी समय लाग्ने गर्छ । जसले ग्राहकहरुलाई निकै समस्या हुने गरेको छ । सामान्यतया इलेक्ट्रिक कारको ब्याट्रीलाई सामान्य चार्जरबाट चार्ज गर्नको लागि ६ देखि ८ घन्टाको समय लाग्छ । यसै सन्दर्भमा चीनको एक कार कम्पनीले ब्याट्री चार्जिङको लागि नयाँ टेक्नोलोजी विकास गरेको छ । जसको मद्दतले इलेक्ट्रिक कार १० मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।

नयाँ ब्याट्री टेक्नोलोजी
चीनको कार निर्माता कम्पनी व्गाङझाउ अटोमोबाइल कर्पोरेसन (जीएसी) ले हालै नयाँ इलेक्ट्रिक कार आयोन भी सार्वजनिक गरेको छ । रिपोर्टका अनुसार सो कारमा ग्रेफिन ब्याट्री टेक्नोलोजीको प्रयोग गरिएको छ । जसले सो कारको व्याट्रीलाई ८ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कम्पनीले ३सी र ६सी भर्सन गरी दुई टेक्नोलोजीले कारलाई छिटो चार्ज गर्न सहयोग गर्छन् । कारलाई ३सी फास्ट चार्जरको मदतले १६ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने १० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

तेल भर्न समयमै चार्ज
यसका आधारमा हाल प्रचलित आईसी इन्जिनयुक्त गाडीलाई तेल भर्न लाग्ने समय भन्दा कम समयमै इलेक्ट्रिक कारलाई चार्ज गर्न सकिने सम्भावना देखिएको छ । यसले गर्दा इलेक्ट्रिक कारको ब्याट्री टेक्नोलोजीमा क्रान्ति नै ल्याउने अनुमान गरिएको छ ।

१००० किलोमिटरको रेन्ज
कम्पनीले आयोन भी इलेक्ट्रिक कार फुल चार्ज पछि १००० किलोमिटरको दुरी तय गर्ने दावी गरेको छ । सो ग्रेफिन ब्याट्री टेक्नोलोजी हाललाई व्यवसायीकरण गर्न मुश्किल भए तापनि भविष्यमा यसको प्रयोग सामान्य हुन सक्ने छ । यसले गर्दा सिंगल चार्जमा एक हजार किलोमिटर गुड्ने गाडी सडकमा प्रशस्तै देखिने दिन पनि आउन सक्ने सम्भावना देखिएको छ ।

पावरफुल ब्याट्री
केही रिपोर्ट अनुसार सो कारमा प्रयोग गरिएको ब्याट्री तीव्र गतिमा चार्ज हुने हुँदा चाँडै खराबी हुने दावी गरिएको थियो । तर, कम्पनीले सो रिपोर्टलाई आधारहीन भएको जानकारी दिएको छ । कम्पनीले सो ब्याट्री १ लाख किलोमिटरको दुरी तय गर्दा पनि कुनै खराबी नहुने दाबी गरेको छ ।

सम्बन्धित समाचारहरू

नेक्सन ईभीको नेपालमा १ वर्ष पुरा

नेक्सन ईभीको नेपालमा १ वर्ष पुरा

नेक्सन इभी नेपाल भित्रिएको एक वर्ष पुरा भएको छ । भारतीय अटो निर्माता टाटा...

फायर रेजिस्टेन्स ब्याट्रीयुक्त कोमाकी भेनिस इको नेपालमा : पहिलो १०० ग्राहकलाई २४ हजार फाइदा

फायर रेजिस्टेन्स ब्याट्रीयुक्त कोमाकी भेनिस इको नेपालमा : पहिलो १०० ग्राहकलाई २४ हजार फाइदा

काठमाडौं – नेपालका लागि कोमाकी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक युनिटी...

बीवाईडी बन्यो विश्वकै पहिलो ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी, पछि प-यो टेस्ला

बीवाईडी बन्यो विश्वकै पहिलो ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी, पछि प-यो टेस्ला

एलन मस्कको विश्व प्रसिद्ध कार निर्माता कम्पनी टेस्ला इलेक्ट्रिक कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...