नयाँ फिचर सहित २०२२ मारुती सुजुकी ब्रेजा जुनमा लन्च हुने पक्का
मारुती सुजुकीले लोकप्रिय एमपीभी अर्टिगा र एक्सएल६को अपडेटेड भर्सन लन्च...
मिड साइज एसयूभी तीव्र गतिमा बढिरहेको छ । हुन्डाई, किया, निसान, स्कोडा, फक्सवागन र टोयोटा जस्ता कम्पनीले यो सेगमेन्टमा उत्कृष्ट एसयूभी लन्च गरेका छन् । यद्यपि, सबैभन्दा लोकप्रिय मध्यम आकारको एसयूभी हुन्डाई क्रेटा हो ।
मारुती सुजुकीले पनि यो सेगमेन्टमा नयाँ ग्राण्ड भिटारा लन्च गर्ने घोषणा गरेको छ । फिचर, इन्जिन र सेफ्टीका हिसाबले कुन एसयूभी उत्कृष्ट छ, हेरौं ।
मारुती सुजुकीले नयाँ ग्राण्ड भिटाराको मूल्य खुलासा नगरे तापनि यसको सुरुवाती मूल्य ९ लाख ५ हजार भारु हुने अनुमान गरिएको छ । हुन्डाई क्रेटाको मूल्य १० लाख ४४ हजारदेखि १८ लाख १८ हजार भारुसम्मको छ । ग्राण्ड भिटाराको बेस्ट भेरिएन्ट क्रेटा भन्दा करिब १ लाख भारु सस्तो हुन सक्छ ।
मारुती सुजुकी ग्रान्ड भिटारा स्ट्रेट ग्रिल, स्क्वायर ह्विल आर्च, प्लास्टिक बडी क्ल्याडिङ र स्लिक हेडलाइटसहितको एसयूभीको रूपमा उपलब्ध छ । यद्यपि नयाँ ग्राण्ड भिटारा एउटै प्लेटफर्ममा आधारित छ ।
हुन्डाई क्रेटा स्लिक लाइन र स्पोर्टीनेसले भरिपूर्ण छ । यसको फ्रन्टमा हेडलाइट सहितको ठूलो फ्रन्ट ग्रिल छ । साइजको हिसाबले मारुती सुजुकी ग्राण्ड भिटारा अलि अग्लो, फराकिलो र लामो छ, तर क्रेटाको ह्विलबेस लामो छ ।
सो दुबै कारको चारैतिर एलईडी लाइटको सुविधा छ । तथापि, ग्राण्ड भिटारामा ३ मार्कर लाइट छ, जबकि क्रेटामा सिंगल एलईडी स्ट्रिप छ । दुबै एसयूभीको बाहिरी भागमा प्लाष्टिक क्ल्याडिङ छ र ग्राण्ड भिटारामा १७ इन्चको अलोय ह्विल छ भने क्रेटामा १६ इन्चको अलोय ह्विल समावेश गरिएको छ ।
दुवै एसयूभीको इन्टेरियरमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, स्मार्टफोन कनेक्टिभिटी, भेन्टिलेटेड सिट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, सनरुफ, पुश–बटन स्टार्ट, वायरलेस चार्जिङ, रियर एसी भेन्ट्स, अटोमेटिक क्लाइमेट कन्ट्रोल र स्टेयरिङ ह्विल समावेश गरिएको छ ।
नयाँ मारुती सुजुकी ग्राण्ड भिटारामा २ पेट्रोल इन्जिन १.५ लिटर माइल्ड हाइब्रिड र १.५ लिटर हाइब्रिडका साथ पेश गरिएको छ । मारुती सुजुकीले २७.९७ किमी प्रति लिटरको माइलेज दावी गरेको छ । क्रेटामा १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल र १.४ लिटर टर्बो पेट्रोल इन्जिन गरी ३ वटा इन्जिन विकल्प उपलब्ध छ ।
मारुती सुजुकीले लोकप्रिय एमपीभी अर्टिगा र एक्सएल६को अपडेटेड भर्सन लन्च...
नेपाली बजारमा सर्बाधिक बिक्री हुने कारको नाम लिदा सुजुकीको भिटारा ब्रेजा...
काठमाडौं– नेपालीहरुको महान चाड दशैं नजिकिएसंगै अहिले विभिन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...