ग्रान्ड आई१० नियोस फेसलिफ्टको चार भेरिएन्ट नेपाल आउने, यस्तो छ मूल्य

हुन्डाईको लोकप्रिय ह्याचव्याक कार ग्रान्ड १० नियोस फेसलिफ्टको चार भेरिएन्ट नेपाल आउने भएको छ । नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मूल्य सार्वजनिक गर्दै यो कार नेपाल आउन लागेको जानकारी दिएको हो ।

कम्पनीका अनुसार यसको एरा भेएिन्टको मूल्य २९ लाख ९६ हजार निर्धारण गरिएको छ भने अर्को भेरिएन्ट म्याग्नालाई ३५ लाख ५६ हजार रुपैयाँ पर्छ । यसैगरी म्याग्ना एएमटीको ३७ लाख ९६ हजार निर्धारण गरिएको छ भने टप भेरिएन्ट स्पोर्टजलाई ३७ लाख ५६ हजार पर्छ ।

यो नयाँ मोडलको फ्रन्टमा हुन्डाइले रिडिजाइन गरिएको ग्रिल दिएको छ । कारमा वाई आकारको एलइडी यूनिट पाउन सकिन्छ । भेन्यू फेसलिफ्टमा जस्तै यसको पनि फग ल्याम्प भने हटाइएको छ । कारको रियरमा रिडिजाइन गरिएको टेलगेट सहित नयाँ टेल लाइट दिइएको छ । यसको साइड प्रोफाइलमा भने कुनै परिवर्तन गरिएको छैन ।

यो कारमा नयाँ इन्स्ट्रयूमेन्ट क्लस्टर, ८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट डिस्प्ले, वायरलेस चार्जिङ, टाइप सी यूएसवी चार्जिङ पोर्ट, क्रुज कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ लगायत अन्य थुप्रै फिचर पाउन सकिन्छ । कारमा ६ वटासम्म एयरव्याग, एविएस, इविडी, इएससी, रिभ्यू मिरर आइसोफिक्स लगायत सेफ्टि फिचर सामेल गरिएको छ ।

यो नयाँ फेसलिफ्ट मोडलमा यसअघिकै १.२ लिटर पेट्रोल इन्जिनलाई निरन्तरता दिइएको छ । जसको अधिकतम पावर ८३ एचपी र टर्क ११३.८ एनएम रहको छ । यसमा ५ स्पिड म्यानुअल र एएमटी ट्रान्समिसनको विकल्प पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

क्यास्पर जस्तो डिजाइन भएको इलेक्ट्रिक माइक्रो एसयूभी हुन्डाई इन्स्टर

क्यास्पर जस्तो डिजाइन भएको इलेक्ट्रिक माइक्रो एसयूभी हुन्डाई इन्स्टर

हुन्डाईले हुन्डाई इन्स्टर इलेक्ट्रिक माइक्रो एसयूभी सार्वजनिक गरेको छ ।...

१ हजार बढी हुन्डाई कोना नेपाली सडकमा, ४ वर्षको प्रयोगमा ९५ प्रतिशत बढी ब्याट्री हेल्थ

१ हजार बढी हुन्डाई कोना नेपाली सडकमा, ४ वर्षको प्रयोगमा ९५ प्रतिशत बढी ब्याट्री हेल्थ

काठमाडौं– नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुन्डाई...

स्थापना दिवस अवसरमा लक्ष्मी ग्रुपले मनायो ४८औं कर्पोरेट एन्ड थ्याङ्क्स गिभिङ डे

स्थापना दिवस अवसरमा लक्ष्मी ग्रुपले मनायो ४८औं कर्पोरेट एन्ड थ्याङ्क्स गिभिङ डे

काममाडौं -सन् १९७३ मा मिठाई उत्पादनबाट व्यवसायिक यात्रा थालेको लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...