पानी मिसिएको इन्धन बेचेकोमा आयल निगमलाई ११ करोड जरिबाना
काठमाडौं – गुणस्तरहीन इन्धन आपूर्ति गरेको पुष्टि भएपछि नेपाल आयल निगमले...
काठमाडौं–सरकारले पेट्रोलमा इथानोल मिसाएर प्रयोग गर्ने व्यवस्था लागू गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ जारी गर्दै पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री वितरण गर्न बाटो खोलेको हो ।
नेपाल राजपत्रमा प्रकाशित आदेशअनुसार स्वदेशी कच्चापदार्थमा आधारित इथानोल उत्पादन प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना गर्ने तथा पेट्रोलियम पदार्थ आयात घटाएर विदेशी मुद्रा बचत गर्ने उद्देश्यले यो नीति ल्याइएको मन्त्रालयले जनाएको छ ।
आदेशले इथानोल उत्पादनका लागि प्रयोग हुने कच्चापदार्थको स्रोतसमेत स्पष्ट गरेको छ । चिनी उद्योगबाट निस्कने खुँदो (मोलासेस), नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ (बायोमास), पराल, मकैको खोया, गहुँको छ्वालीजस्ता कृषि अवशेष तथा खान अयोग्य सडेगलेका अन्न इथानोल उत्पादनका लागि प्रयोग गर्न सकिने छ ।
तर खाद्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मानिसले खान सक्ने खाद्यान्नलाई इथानोल उत्पादनमा प्रयोग गर्न भने पूर्ण प्रतिबन्ध लगाइएको छ। इथानोल खरिद, बिक्री तथा वितरणको जिम्मेवारी नेपाल आयल निगमलाई दिइएको छ ।
इजाजतप्राप्त उद्योगहरूले उत्पादन गरेको सम्पूर्ण इथानोल अनिवार्य रूपमा निगमलाई मात्र बिक्री गर्नुपर्ने छ भने निगमबाहेक अन्य कुनै निजी वा सरकारी निकायलाई सोझै बिक्री गर्न पाइने छैन ।
निगमले आफ्नो उपलब्धता र प्राविधिक तयारीका आधारमा प्रतिलिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सक्ने छ । आवश्यक परे मन्त्रिपरिषद्को निर्णयबाट मिश्रण अनुपात घटबढ गर्न सकिने व्यवस्था पनि आदेशमा राखिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...