अब नेपालमा पनि गुगल म्यापको स्ट्रिट भ्यु सेवा सुरु, विश्वको सबै स्थानबाट हेर्न सकिने

काठमाडौं – गुगल म्याप्सले नेपालमा समेत गुगल स्ट्रिट भ्यु सेवा सुरु गरेको छ । शुक्रबार सम्पन्न डिजिटल नेपाल कन्क्लेभको अवसरमा सो सेवा सुरु गरिएको हो । यससँगै अब संसारको कुनै पनि स्थानबाट नेपालका विभिन्न क्षेत्रका भौगोलिक दृश्य र अन्य संस्कृति भर्चुअल रुपमा सबैले अवलोकन गर्न सक्ने छन् ।

गुगल स्ट्रिट भ्युमार्फत काठमाडौंका सडक गल्ली, तराईका सुन्दर दृश्य वा हिउँले ढाकिएका हिमाली मनोरम दृश्य देख्न सकिने छ ।

कुनै पनि व्यक्तिले आफ्नो फोन वा कम्प्युटरबाट यी सबै दृश्य भर्चुअल रुपमा हेर्न सक्ने छन् । गुगल स्ट्रिट भ्युमा नेपालका दृश्यहरू हेर्नको लागि आफ्नो फोन वा कम्प्युटरमा गुगल म्याप्स खोल्नुहोस् । कम्प्युटरको तल दायाँ कुनामा रहेको Street View pegman (मानिसको सङ्केत जस्तै देखिने चित्र) अथवा मोबाइलमा माथि प्रोफाइल आइकन मुनी रहेको लेयर्सभित्र  जानुहोस् र 360° view वा पहेँलो ‘Street View pegman’ मा क्लिक गर्नुभयो भने यो फिचरमा पुग्न सक्नु हुनेछ । 

यो सुरुवातले विश्वलाई नेपालको अनुभव गर्ने नयाँ र रोमाञ्चक माध्यम उपलब्ध गराएको छ । जसले नेपालको समृद्ध सांस्कृतिक सम्पदा र पर्यटन सम्भावना दुवैलाई प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

ग्वार्को फ्लाइओभरको काम अन्तिम चरणमा

ग्वार्को फ्लाइओभरको काम अन्तिम चरणमा

काठमाडौं – ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा...

अवरुद्ध हुन नदिन पुनःमर्मत गरिँदै बिपी राजमार्ग

अवरुद्ध हुन नदिन पुनःमर्मत गरिँदै बिपी राजमार्ग

काभ्रेपलाञ्चोक – बिपी राजमार्गमा आसन्न चाडबाडमा अवरुद्ध हुन नदिन पुनः...

काठमाडौँका यी सडकमा आज र भोलि सवारीसाधन चलाउन नपाइने

काठमाडौँका यी सडकमा आज र भोलि सवारीसाधन चलाउन नपाइने

काठमाडौँ -काठमाडौँ महानगरपालिकाले आज(बिहीबार) र भोलि(शुक्रबार) काठमाडौँका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...