नेपाली बजारमा भित्रियो गुडइयर लुब्रिकेन्ट, डेल्टा डिस्ट्रिब्युटर्स बन्यो वितरक

काठमाडौं – नेपाली बजारमा गुडयर ब्रान्डको लुब्रिकेन्ट औपचारिक रुपमा भित्रिएको छ । विभिन्न ब्रान्डको कारोबारमा संलग्न रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले विश्वविख्यात गुडइयर लुब्रिकेन्टको बिक्री–वितरण सुरु गरेको छ ।

भारतबाट उत्पादित गुडइयर लुब्रिकेन्टको आइतबार एक कार्यक्रम बीच औपचारिक रुपमा शुभारम्भ भएको छ । दुई पांग्रे तथा चार पांग्रे सवारी साधन, ट्याक्टर, हेभी इक्विपमेन्ट तथा औद्योगिक क्षेत्रमा प्रयोग हुने सबै किसिमका ल्युब तथा ग्रिजहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

गुडइयर अमेरिकाको प्रतिष्ठित र पुरानो अटोमोटिभ कम्पनी हो, जसको विश्वभर २१ देशमा ४६ उत्पादन युनिट रहेको छ । सन् २०२० देखि गुडइयरले भारतमा लुब्रिकेन्टको प्लान्ट स्थापना गरी एसियाका १६ देशमा बिक्री–वितरण गर्दै आएको छ । गुडइयरले गुणस्तर सम्बन्धी सबै अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरी आईएसओ ९००१ः२०१५, आईएसओ १४००ः२०१५ र आईएसओ ४५००ः२०१८ प्रमाणपत्र प्राप्त गरेको छ ।

विशेष गरी टायर, ट्युव तथा पार्ट्स बिक्री–वितरण गर्दै आएको डेल्टा डिस्ट्रिब्युटर्सले पहिलो पटक लुब्रिकेन्ट भित्र्याएको हो । विश्वविख्यात प्रिमियम ब्रान्ड भएकोले गुडइयरले राम्रो प्रतिक्रिया पाउनेमा आफू ढुक्क रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रालिका निर्देशक बिक्रम सिंघानियाले बताए ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रियो विश्व प्रसिद्ध किर्लोस्कर इन्जिन आयल

नेपाल भित्रियो विश्व प्रसिद्ध किर्लोस्कर इन्जिन आयल

काठमाडौं – नेपाली बजारमा किर्लोस्कर इन्जिन आयल औपचारिक रुपमा भित्रिएको छ...

एक लिटर म्याक लुव्रिकेन्ट्स किन्दा एक लिटर पेट्रोल निशूल्क

एक लिटर म्याक लुव्रिकेन्ट्स किन्दा एक लिटर पेट्रोल निशूल्क

म्याक लुव्रिकेन्ट्सको नेपालका लागी आधिकारिक विक्रेता सिप्रद्धि ट्रेडिङ...

नेपालमै पहिलो पटक सम्पन्न भयो पेट्रोनस स्प्रिन्टा–चाय पकौडा ब्रेकफास्ट राइड

नेपालमै पहिलो पटक सम्पन्न भयो पेट्रोनस स्प्रिन्टा–चाय पकौडा ब्रेकफास्ट राइड

काठमाडौं – नेपालमा पहिलो पटक पेट्रोनस स्प्रिन्टा–चाय पकौडा ब्रेकफास्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...