४ लाख बढी दिपल ईभीमा गोल्डेनशिल्ड ब्याट्री, छैन एउटा पनि आगलागीको घटना

इलेक्ट्रिक भेइकलमा आगलागीका खबरहरू प्रायः हेडलाइन बन्छन् । सोलको पार्किङ ग्यारेजमा ब्याट्रीमा आगलागी, सांघाईमा चार्ज हुँदै गरेको गाडी रातभर जल्नु, म्युनिखमा जलिरहेको ईभीको झ्यालबाट परिवारले निस्कनु - यस्ता घटनाहरु हामी सुनिरहेका हुन्छौं जसले ईभी अपनाउने निर्णयमा डर र शंका पैदा गरिरहेको हुन्छ ।

यसबीच एउटा तथ्याङ्कले सबैको ध्यान तान्न सक्छ । चार लाख युनिट ।

यो संख्या हो - विश्वभरका सडकमा हाल गुडिरहेका दिपल ईभीको जसमा गोल्डेनशिल्ड ब्याट्री २.० जडान गरिएको छ । यी गाडीहरू चीनको चेङ्दुको गर्मी, हार्बिनको कठ्याङ्ग्रिने जाडो, थाइल्यान्डको उष्ण आद्र्ता र नेपालको उच्च हिमाली बाटोहरूमा भेटिन्छन्।

दैनिक यात्रा, लामो हाईवे ड्राइभ र प्रयोगशालामा पूर्ण रूपमा नक्कल गर्न नसकिने कठोर सडक अवस्थाहरूमा यी गाडीहरू परीक्षण भइसकेका छन् ।

सडकमा अहिले गोल्डेनशिल्ड ब्याट्री जडान भएका चार लाख ईभी छन् तर आगलागी भएको एउटा पनि घटना छैन ।

न एउटा थर्मल रनअवे । न विस्फोट । यो कुनै प्रयोगशालाको दाबी होइन । यो कुनै कम्प्युटर सिमुलेसनबाट निकालिएको अनुमान पनि होइन । यो वास्तविक चालक, वास्तविक सडक, वास्तविक मौसम र वास्तविक प्रयोगबाट बनेको सुरक्षा रेकर्ड हो ।

सन् २०२२ को अन्त्यतिर दिपलको व्यावसायिक सुरुवातपछि झण्डै तीन वर्षको प्रयोगमा यो रेकर्ड निर्माण भएको हो । डिसेम्बर २०२४ सम्म दिपलले आफ्नो ४ लाखौँ गाडी डेलिभर गरिसकेको थियो, केवल २९ महिनामा, आधुनिक अटोमोबाइल इतिहासकै सबैभन्दा तीव्र उत्पादन विस्तारमध्ये एक ।

यो स्तरको सुरक्षा संयोगले बनेको होइन । चांगानकाे ब्याट्री सुरक्षा अनुसन्धान टोलीका प्रमुख झाङ योउछुनले यो उपलब्धि सम्भव बनाउनु अघि चीनको चोङछिङस्थित परीक्षण प्रयोगशालामा ६ वर्ष बिताए । उनको टोलीले सन् २०२४ मा मात्रै १२६ वटा ब्याट्री सुरक्षा परीक्षण ग-यो । ब्याट्री सेललाई १४० सेकेन्डसम्म प्रत्यक्ष आगोमा राखियो, ब्याट्री प्याकलाई १०,००० किलोपास्कल पानीको दबाबमा एक घण्टासम्म डुबाइयो, र उद्योगकै सबैभन्दा खराब अवस्थाको परीक्षणका रूपमा दुईवटा सेलमा एकैपटक स्टिलको कीला छेडियो ।

हरेक परीक्षणमा गोल्डेनशिल्डले असाधारण परिणाम दियो, न आगो, न विस्फोट, न धुवाँ ।

यही उपलब्धिका कारण चांगान र दिपलले चीनको नेसनल साइन्स एन्ड टेक्नोलोजी प्रोग्रेस अवार्ड जितेकाे थियो जुन चीनको इन्जिनियरिङ क्षेत्रमा दिइने सबैभन्दा उच्च वैज्ञानिक सम्मान हो ।

नेपालजस्तो बजारमा, जहाँ ईभी अपनाउने गति बढिरहेको छ र ब्याट्रीप्रतिको चिन्ता अझै पनि खरिद निर्णयको सबैभन्दा ठूलो बाधा बनेको छ, यो रेकर्ड अझै महत्वपूर्ण हुन्छ । नेपाली सडक सजिला छैनन् । उचाइ वास्तविक चुनौती हो । तराईदेखि पहाडसम्मको तापक्रम भिन्नता ठूलो छ । र हरेक ईभी खरिदकर्ताले गाडी किन्नुअघि सोध्ने प्रश्न एउटै हुन्छ, ब्याट्रीमा केही समस्या आयो भने के हुन्छ ? गोल्डेनशिल्डको जवाफ भने सबैभन्दा सरल र सबैभन्दा शक्तिशाली छ ।

कम्पनीले भनेकाे छ - ४ लाख ईभी । हरेक प्रकारको बाटो । हरेक प्रकारको मौसममा यो ब्याट्री प्रमाणित छ ।

सम्बन्धित समाचारहरू

३५ अर्ब डलर खर्च गर्दै चांगान, एसयूभीबाट पिकअप ट्रकमा रुपान्तरण हुने निभो ई०७ सार्वजनिक

३५ अर्ब डलर खर्च गर्दै चांगान, एसयूभीबाट पिकअप ट्रकमा रुपान्तरण हुने निभो ई०७ सार्वजनिक

चीनको दोस्रो ठूलो अटोमोबाइल ग्रुप चांगानले इन्टेलिजेन्ट कार...

बीवाईडी एम६ को नेपाली बजार मूल्य घोषणा, छिट्टै बिक्री शुरु हुने

बीवाईडी एम६ को नेपाली बजार मूल्य घोषणा, छिट्टै बिक्री शुरु हुने

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपाली...

पेट्रोलियम सवारीलाई इलेक्ट्रिकमा रुपान्तरण गर्दा छुट

पेट्रोलियम सवारीलाई इलेक्ट्रिकमा रुपान्तरण गर्दा छुट

सरकारले पेट्रोल तथा डिजेल सवारीलाई विद्युतीय वा अन्य वैकल्पिक इन्धनबाट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...