गोल्छा ग्रुप र इनस्योरबीच सम्झौता, अटोमोबाइल र अन्य क्षेत्रमा तालिम प्रदान गरिने

काठमाडौं - औद्योगिक समूह गोल्छा ग्रुपले इनस्योर (इनह्यान्स स्किल्स फर सस्टेनेबल एण्ड रिवार्डिङ इम्प्लोइमेन्ट) परियोजनासँग साझेदारी गर्दै उद्योग-आधारित शिक्षार्थी कार्यक्रम संचालन गर्ने भएको छ।

गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा र इनस्योर परियोजनाका टिम लिडर रविन्द्र बहादुर सिंहबीच यस सम्बन्धी सम्झौता (एमओयू) हस्ताक्षर गरिएको छ। यस परियोजनाले शिक्षालय र रोजगारीको बीचमा रहेको खाडल हटाउँदै युवाहरूलाई रोजगारमूलक सीप प्रदान गर्ने लक्ष्य राखेको छ । सम्झौताअनुसार, शिक्षार्थीहरूलाई अटोमोबाइल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, र सूचना प्रविधिका क्षेत्रमा तालिम प्रदान गरिनेछ । साथै, कर्मचारीहरूको लागि सीप अभिवृद्धि तालिम समेत गराइनेछ।

इनस्योर परियोजना नेपालको र स्विजरल्याण्डको सरकारको सहयोगमा सञ्चालित द्वैध व्यावसायिक शिक्षा तथा तालिम शिक्षार्थी कार्यक्रम मोडेलमा आधारित छ। यस मोडेलले प्राविधिक विद्यालयहरूमा प्राप्त सैद्धान्तिक ज्ञानलाई उद्योगमा कार्यानुभवसँग जोड्छ। तालिमपछि शिक्षार्थीहरूले सीटीईभीटीबाट प्रि-डिप्लोमा प्रमाणपत्र पाउनेछन्।

शेखर गोल्छाले यस साझेदारीप्रति उत्साह व्यक्त गर्दै भने, ‘यस पहलले नेपालका युवाहरूलाई प्रतिस्पर्धी रोजगारीका लागि आवश्यक सीप दिने हाम्रो प्रतिबद्धता देखाउँछ।’

इनस्योर का टिम लिडर सिंहले भने, ‘गोल्छा ग्रुपसँगको यो सहकार्य नेपाललाई दक्ष जनशक्तिको बाटोतर्फ अग्रसर बनाउने कोशेढुंगा हो।’

गोल्छा ग्रुपले १०० भन्दा बढी कम्पनीहरू सञ्चालन गर्दै आएको छ । यो साझेदारीले नेपाली उद्योगको विकासमा टेवा पुर्याउँदै देशको आर्थिक वृद्धिमा योगदान पुर्याउने विश्वास गरिएको छ ।

सम्बन्धित समाचारहरू

एनएमबि बैंकका ग्राहकले ग्यापु, फुडमाण्डु र किरानाबाट अर्डर गर्दा १० प्रतिशत क्यासब्याक पाउने

एनएमबि बैंकका ग्राहकले ग्यापु, फुडमाण्डु र किरानाबाट अर्डर गर्दा १० प्रतिशत क्यासब्याक पाउने

काठमाडौं – एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले फुडमाण्डु...

आगामी मौद्रिक नीतिका लागि गभर्नरलाई नाइमाले दियो यस्तो सुझाव

आगामी मौद्रिक नीतिका लागि गभर्नरलाई नाइमाले दियो यस्तो सुझाव

काठमाडौँ – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स...

अब गाडी किन्न राष्ट्रिय परिचयपत्र पनि अनिवार्य

अब गाडी किन्न राष्ट्रिय परिचयपत्र पनि अनिवार्य

काठमाडौं – अब गाडी खरिद गर्दा समेत नागरिकता वा राष्ट्रिय परिचयपत्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...