फोर्ड गाडीको बिक्रेता आकाश गोल्छाले शुरु गरे ओकाया व्याट्रीको कारोवार

फोर्ड गाडीको आधिकारिक विक्रेता समेत रहेका आकाश गोल्छा व्याट्रीको कारोबारमा पनि प्रवेश गरेका छन् । भारतीय ब्रान्ड ओकाया व्याट्रीको डिलरसिप लिएर उनी अटो कम्पोनेन्ट्स व्यवसायमा प्रवेश गरेका हुन् । उनी संलग्न जिओ इनर्जीले यो ब्याट्रीको कारोवार शुरु गरेको हो ।

ओकाया पावर ग्रुपले टु ह्विलर र अटोमोटिभ सहित इन्भर्टर, सोलार, ई रिक्सा, ट्रयाक्टर र लिथियम व्याट्री समेत उत्पादन गर्दै आइरहेपनि नेपाली बजारमा भने तत्कालका लागी टु ह्विलर व्याट्रीमात्र उपलब्ध रहने बताइएको छ । यससंगै कम्पनीले उक्त व्याट्रीका लागी देशभर कारोबार विस्तार गर्न डिलरसिप आह्वान समेत गरेको छ ।

विगत लामो सयमदेखी नेपाली बजारमा उपलब्ध रहँदै आएपनि यो व्याट्रीले बजारमा खासै प्रभाव जमाउन सकिरहेको थिएन । जसका कारण कम्पनी नयाँ डिलरको खोजीमा रहँदै आएको थियो । सोही क्रममा उसले आक्रमक बजार बिस्तार गर्ने शर्तसहित जिओ इनर्जीलाई नयाँ वितरकका रुपमा नियुक्त गरेको अनुमान गर्न सकिन्छ ।

फोर्ड गाडीको कारोबारमार्फत नेपालको अटोमोवाइल व्यवसायमा स्थापित वनेका गोल्छाले यसअघि टायर व्यवसायमा हात हालेपनि उनी यसमा सफल हुन भने सकेका थिएनन् । निकै नै प्रतिस्पर्धात्मक रहेको व्याट्री बजारमा यो व्याट्रीलाई ग्राहकले भोलिका दिनमा कत्तिको रुचाउलान भनेर जान्न केही समय प्रतिक्षा गर्नुपर्ने देखिन्छ ।

सम्बन्धित समाचारहरू

नक्सालमा अब एकै स्थानमा नयाँ तथा पुराना गाडीको शोरुम, चार्जिङ स्टेसन, क्याफे र एसेसरिज

नक्सालमा अब एकै स्थानमा नयाँ तथा पुराना गाडीको शोरुम, चार्जिङ स्टेसन, क्याफे र एसेसरिज

काठमाडौँ – नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै...

५ संकेत : जसले गाडीको क्लच बिग्रिएको जानकारी दिन्छ

५ संकेत : जसले गाडीको क्लच बिग्रिएको जानकारी दिन्छ

क्लच सवारी साधनमा प्रयोग हुने अत्यावश्यकीय मेकानिकल पार्ट हो । यसले नै...

डिस्क ब्रेकमा किन हुन्छ प्वाल ?

डिस्क ब्रेकमा किन हुन्छ प्वाल ?

ब्रेकिङ सिस्टममा लगातार सुधार भइरहेको छ । ब्रेकिङ सिस्टम अन्तर्गत डिस्क...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...