फर्मूला वान जस्तै देखिने गो कार्टमा दुध डेलिभरी, आनन्द महिन्द्राले गरे प्रशंसा

भारतमा एकजना व्यक्तिले दुध डेलिभरी गर्नका लागी फर्मूला वान जस्तै देखिने गो कार्ट स्टाइलको नयाँ साधन निर्माण गरेका छन् । जुन अहिले ट्विटरमा भाइरल बनिरहेको छ । उक्त कार्टमा दुधको क्यान रोखर मुम्वइको सडकमा गुडाएपछि यो साधन भाइरल बनेको हो । उक्त भिडियोलाई रोड्स अफ मुम्वइ नामबाट पहिलो पटक ट्विटरमा पोस्ट भएको थियो ।

त्यसपछि कतिपय प्रयोगकर्ताले महिन्द्रा भेहिकलका मालिक आनन्द महिन्द्रा र टेस्ला मालिक एलन मस्कलाई ट्याग गर्दै यो साधन निर्माण गर्ने व्यक्तिको आइडियालाई सम्मान गर्नुपर्ने उल्लेख गरेका छन् । ३ दिन पहिले मात्रै पोष्ट गरिएको यो भिडियोलाई हालसम्म लाखौ बढीले हेरेका छन भने हजारौ युजरले रिट्विट समेत गरेका छन् । यो साधन निर्माण गर्ने व्यक्तिको पहिचान अहिलेसम्म खुलिसकेको छैन ।

भिडियो सेयर गर्ने मध्येका एक आनन्द महिन्द्राले भनेका छन्, ‘यो साधनले रोड नियमन पुरा गरेको छ भनेर म भन्न त सक्दिन तर मलाई आशा छ यो साधन निर्माण गर्ने व्यक्तिको प्यासन भने अबश्य नियमनभन्दा बाहिर छ । यो मैले धेरै समयको अन्तरालमा देखेको सबैभन्दा कुलेस्ट थिङ हो ।’

केहीदिन पहिलेमात्र मेघालयका एकनाज व्यक्तिले महिन्द्रा ट्याक्टरलाई महिन्द्रा थारजस्तै देखिने गरी निर्माण गरेका थिए । जुन विषयमा समेत आनन्द महिन्द्राले प्रशंसा गर्दै निकै राम्रो प्रतिक्रिया जनाएका थिए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...