बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
अमेरिकी अटोमोबाइल निर्माता जीएमसीले हमर इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार हमर इलेक्ट्रिक एसयूभी २०२३ मा लन्च गरिने छ । कम्पनीले सो एसयूभीको बारेमा अघिल्लो वर्ष जानकारी दिएको थियो ।
कम्पनीले गएको वर्ष सो एसयूभीको पिकअप भर्सनको बुकिङ लिन सुरु पनि गरिसकेको थियो । यद्यपि सो एसयूभी परीक्षण कालमै रहेको छ । कम्पनीका अनुसार हमर इलेक्ट्रिक एसयूभीको बिक्री २०२३ देखि सुरु हुनेछ । यसको इन्ट्रि लेबल ईभी भेरिएन्ट २०२४ मा प्रस्तुत गरिनेछ ।
यदि यो एसयूभी बजारमा आयो भने मरुभूमि देखि लिएर जस्तोसुकै कठिन सडकमा पनि प्रयोग गर्न सकिने छ ।
सो एसयूभीमा भएका १८ क्यामेराका कारण उबडखाबड सकड र कारको तल्लो भागको अवस्था पनि देख्न सकिन्छ ।
जीएमसी हमर ईभीमा २० मोड्युलर ब्याट्री सिस्टमको साथमा अल्टिम पावरट्रेनको प्रयोग गरिएको छ । जसले १००० एचपी सम्मकोे पावर र १५,५९१ एनएम सम्मको टर्क जेनेरेट गर्ने कम्पनीको दावी छ । सो ब्याट्रीले सिंगल चार्जमा ५६३ किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्छ ।
सो एसयूभी ४ भेरिएन्ट ईभी२, ईभी२एक्स, ईभी३एक्स र एडिसन १ मा उपलब्ध रहेको छ । यसको मूल्य करिव ९० लाख रुपैयाँ (नेपालको सन्दर्भमा कर वाहेक) हाराहारी हुने अनुमान गरिएको छ । हमर ईभीले टेस्लाको साइबर ट्रकसँग प्रतिस्पर्धा गर्नेछ ।
हमर एसयूभी पिकअप सिबलिङ जस्तै स्किड प्लेटको साथमा चंकी फ्रन्ट बम्परबाट लेस रहेको छ । साथै यसमा हमर ब्याजिङ, फ्लेयर्ड ह्वील आर्क, रियर हन्च र साइड क्लेडिङको साथमा स्लिम एलईडी हेडल्याम्प समावेश गरिएको छ ।
सो एसयूभी भर्सनको टेललाइट हमर पिकअप भेरिएन्टसँग मिल्दोजुल्दो रहेको छ, तर बुट माउन्टेड स्पेयर ह्वीलको कारण रियर इन्ड फरक देखिएको छ ।
कम्पनीले हमर ईभीको साथमा एक्सट्रिम अफरोड प्याकेज पनि प्रदान गर्नेछ । सो एसयूभी १८ इन्च अलोय ह्विल र ३५ इन्चको अफरोड टायरको विकल्प हुनेछ । यसको साथै अन्डरबडी गार्ड, रक स्लाइडर, अल्ट्राभिजन२ र अन्डरबडी क्यामेरा जस्ता एसेसरिज उपलब्ध हुनेछ । सो एसयूभीमा बेस्ट इन क्लास ३.२ मिटर लङ ह्विलबेस हुने कम्पनीले दावी गरेको छ ।
यी सबैका कारण यसलाई जस्तोसुकै सडक र पानीमा समेत चलाउन सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...