यस्तो छ नेपाल आउने तयारीमा रहेको किया क्यारेन्स ७ सिटर एमपिभी
कियाको ७ सिटर एमपिभी क्यारेन्स अन्तत नेपाल आउने भएको छ । भारतमा १ वर्षअघि...
दक्षिण कोरियाली अटोमोबाइल कम्पनी कियाले किया स्पोर्टेजको पाँचौ जेनेरेसन विश्वव्यापी रुपमा डेब्यु गरेको छ । कम्पनीले स्पोर्टेजको सो नयाँ मोडलमा ड्राइभर–केन्द्रित डिजाइन भएको दाबी गरिएको छ । जसमा इन्टिग्रेटेड डिस्प्ले गरिएको छ र कनेक्टिभिटी टेक्नोलोजी समावेश गरिएको छ । नयाँ स्पोर्टेजमा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम पनि समावेश गरिएको छ । साथै कारको इन्टेरियर र इन्जिनमा पनि परिवर्तन गरिएको छ ।
क्याबिन र फिचर
स्पोर्टेजको लेटेस्ट जेनेरेसन मोडल नयाँ आर्किटेक्चरको साथमा विकसित गरिएको छ । साथै सो एसयूभीमा प्रिमियम इन्टेरियरको साथै ड्राइभर केन्द्रित डिजाइन भएको दावी गरिएको छ । जसलाई गोलाकार डिस्प्लेद्वारा हाइलाइट गरिएको छ । सो इन्टिग्रेटेड डिस्प्ले विभिन्न प्रकारको कनेक्टिभिटी टेक्नोलोजीको साथमा उपलब्ध रहेको छ ।
यो १२ इन्च ठूलो छ र यसमा पातलो टचस्क्रिन प्याड रहेको छ । साथै यसमा लेटेस्ट जेनेरेसनको फुल पातलो फिल्म ट्रान्जिस्टर लिक्विड क्रिस्टल डिस्प्ले समावेश गरिएको छ । नयाँ स्पोर्टेजको क्याबिनको अन्य महत्वपूर्ण हाइलाइटमा सफ्ट टच स्विचको साथमा सेन्टर कन्सोल, अपरेटिङ सिस्टम कन्फिगरेशन, कपहोल्डर र स्टोरेज समावेश गरिएको छ । यसमा वायरलेस फोन चार्जिङको लागि पनि व्यवस्था पनि गरिएको छ ।
सेफ्टी फिचर
सो एसयूभीमा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम टेक्नोलोजी समावेश गरिएको छ । सो कारमा ड्राइभर एयरब्याग, प्यासेन्जर एयरब्याग, साइड कर्टेन एयरब्याग र लो साइड एयरब्याग उपलब्ध रहेको छ । सो एसयूभीमा ड्राइभिङ असिस्ट पनि समावेश गरिएको छ । सो एसयूभीमा स्मार्ट क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पोट कोलिजन अभोइडेन्स असिस्ट, ब्लाइन्ट स्पोट भ्यु मोनिटर र रिमोट स्मार्ट पार्किङ असिस्ट पनि समावेश गरिएको छ ।
इन्जिन र पावर
नयाँ स्पोर्टेज एसयूभीमा १.६ लिटर टिजीडीआई इन्जिन समावेश गरिएको छ । सो इन्जिनले १७७ एचपीको पावर र २६५ एनएमको टर्क जेनेरेट गर्छ । यसको साथै सो एसयूभीमा पावरफुुल आर२.० लिटर डिजेल इन्जिनको विकल्प पनि रहेको छ । जसले १८३ एचपीको पावर र ४१६ एनएमको टर्क जेनेरेट गर्छ । १.६ लिटरको टिजीडीआई इन्जिनको साथमा ७–स्पिड डुअल क्लच अटोमेटिक ट्रान्समिसन र ६–स्पिड म्यानुअल ट्रान्समिसन उपलब्ध रहेको छ । जबकि आर२.० लिटर डिजेलको साथमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । स्पोर्टेज रेन्जमा हाइब्रिड (एचईभी) र प्लग–इन हाइब्रिड (पीएचईभी) मोडेल पनि हुनेछ ।
साइज
नयाँ किया स्पोर्टेजको लम्बाई ४,६६० एमएम, चौडाई १,८६५ एमएम, उचाई १,६६० एमएम र ह्वीलबेस २,७५५ एमएम रहेको छ । सो एसयूभीमा ६३७ लिटरको बुट स्पेस रहेको छ ।
एक्सटेरियर र डिजाइन
सो कारमा ब्रान्डको नयाँ फ्ल्यागसिप ईभी६ इलेक्ट्रिक कारको प्रभाव पनि देखिएको छ । कियाको नयाँ डिजाइन ल्याङवेजलाई अपोजिट्स युनाइटेड भनिन्छ । यो नयाँ स्पोर्टेजको एक्सटेरियर डिजाइनको रूपमा देख्न सकिन्छ । यसैकारण सो एसयूभी निकै आक्रामक देखिएको छ ।
सो कारको फ्लोटिङ साइडलाइन पनि पहिलाको भन्दा स्पोर्टी देखिएको छ । एसयूभीको माथि बडी पनि रि–डिजाइन गरिएको छ । जसले यो पहिलेको भन्दा कम्प्याक्ट देखिएको छ । नयाँ स्पोर्टेजमा १७, १८ र १९ इन्चको टायर समावेश गरिएको छ र यो भेरिएन्ट तथा स्पेकमा निर्भर रहेको छ ।
कियाको ७ सिटर एमपिभी क्यारेन्स अन्तत नेपाल आउने भएको छ । भारतमा १ वर्षअघि...
किया मोटर इन्डियाले सन् २०२६ सम्ममा भारतीय ईभी बजारमा ३ वटा नयाँ...
दशैं/तिहार नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...