२०० किलोमिटर रेन्ज दिने नयाँ सिटी कार आउँदै

भारतिय ईभी स्टार्टअप कम्पनी जेन्सोल इलेक्ट्रिक भेहिकलले आफ्नो आगामी इलेक्ट्रिक सिटी कारको टिजर सार्वजनिक गरेको छ । कम्पनीले २०२४ मार्चमा आधिकारिक डेब्यू गर्ने तयारी भएको सो सानो कारको टिजर सार्बजनिक गरेको हो ।

सार्बजनिक भएको टिजर भिडियो अनुसार सो कारमा जम्मा दुईवटा मात्र सिट उपलब्ध हुनेछ । साथै यसको लुक्स र डिजाइन निकै आकर्षक र आधुनिक देखिएको छ । कारमा रियर ह्वील सेटअप दिइएको छ ।

इन्टेरियरमा माउन्ट गरिएको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, म्यानुअल एयर कन्डिसन र साधारण ड्राइभ मोड पाउन सकिने कम्पनीले जनाएको छ । सो नयाँ कारमा चालक सहायता प्रविधि र एआई–आधारित क्लाउड एनालिटिक्स लगायत फिचर उपलब्ध हुनसक्ने सम्भावना देखिएको छ ।

आफ्नो पहिलो विद्युतीय कारमा उपलब्ध हुने प्राविधिक विवरणहरू भने जेन्सोलले सार्बजनिक गरिसकेको छैन । तथापी सो नयाँ कारलाई ८० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिने र सिंगल चार्जमा २०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

कोमेटमा आधारित नयाँ मिनी ईभी ल्याउँदै एमजी, इलेक्ट्रिक केयूभी १०० संग प्रतिस्पर्धा हुने

कोमेटमा आधारित नयाँ मिनी ईभी ल्याउँदै एमजी, इलेक्ट्रिक केयूभी १०० संग प्रतिस्पर्धा हुने

एमजी मोटर इन्डियाले कोमेटमा आधारित अर्को नयाँ इलेक्ट्रिक माइक्रो एसयूभी...

टेस्ला चढ्ने लोकेश ओलीले किने दिपल एस०७

टेस्ला चढ्ने लोकेश ओलीले किने दिपल एस०७

नेपालको ईभी क्षेत्रका चर्चित व्यक्तित्व लोकेश ओलीले आफ्नो ईभी कलेक्सनमा...

वुलिङ ईभी किन्दा बम्परमा इलेक्ट्रिक स्कुटर पाइने

वुलिङ ईभी किन्दा बम्परमा इलेक्ट्रिक स्कुटर पाइने

काठमाडौं– वुलिङको नेपालका लागि आधिकारिक वितरक ईभी नेपाल मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...