२०० किलोमिटर रेन्ज दिने नयाँ सिटी कार आउँदै

भारतिय ईभी स्टार्टअप कम्पनी जेन्सोल इलेक्ट्रिक भेहिकलले आफ्नो आगामी इलेक्ट्रिक सिटी कारको टिजर सार्वजनिक गरेको छ । कम्पनीले २०२४ मार्चमा आधिकारिक डेब्यू गर्ने तयारी भएको सो सानो कारको टिजर सार्बजनिक गरेको हो ।

सार्बजनिक भएको टिजर भिडियो अनुसार सो कारमा जम्मा दुईवटा मात्र सिट उपलब्ध हुनेछ । साथै यसको लुक्स र डिजाइन निकै आकर्षक र आधुनिक देखिएको छ । कारमा रियर ह्वील सेटअप दिइएको छ ।

इन्टेरियरमा माउन्ट गरिएको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, म्यानुअल एयर कन्डिसन र साधारण ड्राइभ मोड पाउन सकिने कम्पनीले जनाएको छ । सो नयाँ कारमा चालक सहायता प्रविधि र एआई–आधारित क्लाउड एनालिटिक्स लगायत फिचर उपलब्ध हुनसक्ने सम्भावना देखिएको छ ।

आफ्नो पहिलो विद्युतीय कारमा उपलब्ध हुने प्राविधिक विवरणहरू भने जेन्सोलले सार्बजनिक गरिसकेको छैन । तथापी सो नयाँ कारलाई ८० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिने र सिंगल चार्जमा २०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

भोलिदेखि काठमाडौंमा प्रोटोन ईमासको एक्सचेन्ज अफर

भोलिदेखि काठमाडौंमा प्रोटोन ईमासको एक्सचेन्ज अफर

काठमाडौं– जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने विद्युतीय...

एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

नेपालगन्ज – नेपालका लागि दिपल र नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक...

७०० किलोमिटर रेन्ज दिने फक्सवागन आईडी ७ सार्वजनिक

७०० किलोमिटर रेन्ज दिने फक्सवागन आईडी ७ सार्वजनिक

जर्मन अटो निर्माता फक्सवागले नयाँ इलेक्ट्रिक कार आडी७ लाई सार्वजनिक गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...