प्रतिष्ठित कम्पनी जिमोपाईका इलेक्ट्रिक स्कुटर नेपालमा, फेस्टिभ अफरको रुपमा १५ हजार छुट

काठमाडौं – नेपाली बजारमा धमाधम इलेक्ट्रिक स्कुटर भित्रिने क्रम जारी छ । पछिल्लो समयमा जिमोपाई इलेक्ट्रिक स्कुटर समेत काठमाडौंमा भित्रिएका छन् ।

नेपालको तराई क्षेत्रमा करिव एक वर्ष पहिले देखि नै यी स्कुटर उपलब्ध भए पनि हालै काठमाडौंमा समेत बिक्रीका लागि स्कुटर उपलब्ध गराइएको छ । नेपालका लागि ई–ह्विल्स नेपाल प्रालिले यी स्कुटर आधिकारिक वितरकको रुपमा उपलब्ध गराएको हो ।

काठमाडौं उपत्यकामा बिक्रीका लागि यातायात व्यवस्था विभागको सहमति पश्चात जिमोपाईको एस्ट्रिड लाइट स्कुटर उपलब्ध गराइएको छ । यसमा ३२ एम्पियरको पावर भएको ७२ भोल्टको ब्याट्री छ । त्यसैगरी २ हजार ४ सय वाटको मोटर छ । त्यसैगरी यसमा १.७ किलोवाटको लिथियम आयोन ब्याट्री छ ।

सो स्कुटर २० डिग्री उकालोमा पनि सजिलै गुड्न सक्ने र सिंगल चार्जमा ८० किलोमिटर सम्म चलाउन सकिने ई–ह्विल्स नेपाल प्रालिका म्यानेजिङ डाइरेक्टर केहरसिंह खड्काले बताए ।

कम्पनीले ब्याट्री र मोटरमा २ वर्षको वारेन्टी दिने बताएको छ । सो स्कुटर ६० किलोमिटर सम्मको स्पिडमा गुड्न सक्छ ।

सो स्कुटरलाई आवश्यकता अनुसार स्पोर्ट्स, सिटी र इकोनोमी गरी तीन मोडमा चलाउन सकिन्छ । यसमा एलईडी हेडलाइट, किलेस इग्निसन, एन्टी थेफ्ट अलार्म र स्ट्यान्डर्ड यूएसबी चार्जिङ पोर्ट जस्ता विभिन्न फिचर उपलब्ध छन् ।

जिमोपाई एस्ट्रिड लाइट स्कुटरको मूल्य २ लाख ५० हजार ७ सय रुपैयाँ तोकिएको छ । हाल चाडपर्वको अवसरमा १५ हजार रुपैयाँ छुट समेत उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।

विश्वमै लोकप्रिय मानिने ओपाई इलेक्ट्रिक र ग्रीन ई–मोबिलिटीको सहकार्यमा जिमोपाई इलेक्ट्रिकको स्थापना गरिएको हो । भारतको दिल्लीमा यसको कार्यालय छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...