गिली र भल्वोको सहायक कम्पनी लिंकको ५१ प्रतिशत सेयर जिकरले लिने

चाइनिज प्रिमियम ईभी निर्माता कम्पनी जिकरले गिली र भल्वोको सहायक कम्पनी लिंंकको सेयरको अधिकांश हिस्सा लिने भएको छ । तीनै अटो निर्माता कम्पनीका साथै नौ अन्य कार तथा ट्रक ब्रान्डको प्यारेन्ट कम्पनी जिली होल्डिङको योजना अनु्सार यो कार्य अगाडि बढाइएको हो ।

यस अनुसार जिकरले लिंकमा रहेको भल्वो कारको ३० प्रतिशत र गिली होल्डिङको २० प्रतिशत सेयर किन्ने छ । यस अनुसार समग्र मिलाएर जिकरले ५१ प्रतिशत स्वामित्व लिनेछ भने बाँकी स्वामित्व जिली अटोमोबाइल होल्डिङसँगै हुनेछ ।

यस अनुसार चाइनिज–स्विडिस ब्रान्डको भ्याल्यु २ अर्ब ५० करोड डलर हुनेछ र अर्को वर्षको जुन सम्म यो सहमति अनुसारको कार्य समापन गरिने छ ।

यस सम्बन्धी समाचार रोयटर्सले सार्वजनिक गरेको भए तापनि कम्पनीहरुले आधिकारिक रुपमा भने केही बताएका छैनन् ।

हाल जिकर र लिंकका केही उत्पादन र मूल्यमा समानता छ । यसले गर्दा पनि केही नयाँ कार्य गर्नुपर्ने आवश्यकता देखिएको थियो । लिंकले पछिल्लो समयमा बजारमा ल्याएका ईभी मोडल जेड१० र जेड२० मा जिकरकै आर्किटेक्चर प्रयोग गरिएको छ ।

अबको नयाँ व्यवस्था अनुसार जिकरले इलेक्ट्रिक र कनेक्टेड भेइकलको क्षेत्रमा कार्य गर्नेछ । तीन वर्ष पहिले मात्र स्थापना भएको जिकरले सन् २०२४ को नौ महिनाको अवधिमा १ लाख ४३ हजार कार बिक्री गरेको छ भने सन् २०१६ मा स्थापना भएको लिंकसँग हाल नौ मोडल छन् भने यो वर्ष नौ महिनाको अवधिमा करिव १ लाख ९५ हजार अर्थात गत वर्षको यही अवधिको तुलनामा ४० प्रतिशत बढी गाडी बिक्री गरेको छ ।

जिकर ब्रान्ड नेपालमा समेत हालसालै भित्रिएको छ । नेपाली बजारमा शारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले जिकर एक्स बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

स्टकमा थन्किएका पेट्रोल कार सस्तो मूल्यमा निर्यात गर्दै चीन

स्टकमा थन्किएका पेट्रोल कार सस्तो मूल्यमा निर्यात गर्दै चीन

चीनमा इलेक्ट्रिक सवारी साधनको तीव्र वृद्धि भएपछि पेट्रोल कारको मागमा...

चाइनिज ईभी स्टार्ट अप मध्ये यी कम्पनीले मात्र पुरा गरे २०२५ को डेलिभरी लक्ष्य

चाइनिज ईभी स्टार्ट अप मध्ये यी कम्पनीले मात्र पुरा गरे २०२५ को डेलिभरी लक्ष्य

चीनको न्यु इनर्जी भेइकल स्टार्ट अप र यससँग सम्बन्धित ईभी ब्रान्ड मध्ये सन्...

नेटा, केवाइसी र किङ्गलङ्ग ईभीका ग्राहकहरुको लागि सर्भिस क्याम्प आयोजना

नेटा, केवाइसी र किङ्गलङ्ग ईभीका ग्राहकहरुको लागि सर्भिस क्याम्प आयोजना

काठमाडाैं – नेपाली बजारमा नेटा, सीजी केवाइसी र किङ्गलङ्ग इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...