औडी ए६ ई-ट्रोन बन्यो सबैभन्दा तीव्र गतिको इलेक्ट्रिक कार, फुल चार्जमा १३३८ किमी यात्रा
औडीको इलेक्ट्रिक कार ए६ ई-ट्रोनले फुल चार्जमा १३३८ किलोमिटर यात्रा गर्दै...
काठमाडौं–एलआरआर मोटर्सले काठमाडौंको गैरीधारास्थित आफ्नो शोरुममा आयोजना गरेको पाँच दिने जिली ईएक्स५ ‘सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल' भव्य सफलता सहित सम्पन्न गरेको छ ।
उल्लेखनीय सहभागिता देखिएको उक्त कार्यक्रमले नेपालको अटोमोबाइल क्षेत्रमा ग्राहक संलग्नता, सहभागिता तथा विद्युतीय सवारी सम्बन्धी जनचेतनामा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले जनाएको छ
कम्पनीका अनुसार, शोरुममा ३५० भन्दा बढी ग्राहकहरूको निरन्तर आवागमन रहँदा सयौं संख्यामा सोधपुछ तथा प्रोडक्ट कन्सल्टेशनहरू सम्पन्न भए, जसले जिली ईएक्स५ म्याक्स तथा प्रो विद्युतीय मोडेलप्रति बजारको उच्च चासो झल्काएको छ ।
उक्त एक्सचेन्ज कार्यक्रमको प्रमुख आकर्षण ठूलो संख्यामा सम्पन्न भएका टेस्ट ड्राइभहरू रहेको बताइएको छ । जसले ग्राहकहरूलाई जिली ईएक्स्५ को नवीनतम ईभी लाइनअपको कार्य क्षमता, आरामदायित्व तथा उन्नत सुरक्षा सुविधाहरू प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गरेको थियो ।
कार्निभलमा उल्लेखनीय बुकिङ प्राप्त भएको र नेपालकै सबैभन्दा सफल शोरुम–आधारित एक्सचेन्ज कार्यक्रमहरू मध्ये एक बनाएको कम्पनीको दाबी छ ।
आकर्षक नगद छुट, मूल्य अभिवृद्धि सेवाहरू तथा भेहिकल–टु–लोड कफी अनुभव जस्ता विशेष आकर्षणहरूले आगन्तुकहरूको सन्तुष्टि र संलग्नता थप वृद्धि गरेको थियो ।
कार्यक्रमको सफलताबारे प्रतिक्रिया दिँदै एलआरआर मोटर्सका सेल्स हेड, अधिर श्रेष्ठले सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभलप्रति प्राप्त प्रतिक्रिया अत्यन्त उत्साहजनक रहेको बताए । ‘सहभागिताको स्तर, अन्तरक्रियाको गुणस्तर तथा टेस्ट ड्राइभ र बुकिङमा देखिएको रूपान्तरणले नेपाली ग्राहकहरूमा जिली ईएक्स५ को विद्युतीय गतिशीलताप्रति बढ्दो विश्वासलाई पुष्टि गरेको छ ’ उनले भने ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...