२.२२ लिटर पेट्रोल खपतमा १०० किलोमिटर माइलेज दिने जिलीको नयाँ हाइब्रिड सिस्टम
जिलीले आफ्नो नयाँ–पुस्ताको आई–एचईभी ‘इन्टेलिजेन्ट इनर्जी’ हाइब्रिड...
चिनियाँ अटोमोबाइल निर्माता कम्पनी जिली अटो ग्रुपले चीनको झेजियाङ प्रान्तको हाङ्झोउ बेमा आफ्नो नयाँ सेफ्टी सेन्टर औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यो केन्द्रले हाल विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल सेफ्टी परीक्षण केन्द्रका रूपमा मान्यता प्राप्त भएको छ, जसले विश्व अटो उद्योगमै एउटा महत्वपूर्ण उपलब्धि थपेको छ।
२ अर्ब ९० करोड अमेरिकी डलरभन्दा बढीको लगानीमा निर्माण गरिएको सो केन्द्र ४५ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ। जिलीको सहायक कम्पनी भल्वोको सुरक्षा सम्बन्धी विज्ञतामा आधारित भएर विकास गरिएको यस सेफ्टी सेन्टरले विद्युतीय, कनेक्टेड र इन्टेलिजेन्ट सवारीहरूको युगमा अटोमोबाइल सुरक्षाको परिभाषा नै पुनःनिर्धारण गर्ने लक्ष्य लिएको जिलीले जनाएको छ।
यो केन्द्र केवल दुर्घटना सुरक्षामा सीमित छैन। यहाँ साइबर सुरक्षा, डाटा गोपनीयता, ब्याट्री तथा नयाँ ऊर्जा पावरट्रेन सुरक्षा र मानव स्वास्थ्य संरक्षणजस्ता आजका अत्यन्त महत्वपूर्ण क्षेत्रहरूमा पनि परीक्षण गरिन्छ। यी सबै जिलीको ‘कम्प्रिहेन्सिभ सेफ्टी २.०’ अवधारणाको मुख्य आधार हुन्, जसको लक्ष्य शून्य मानवीय क्षति, शून्य स्वास्थ्य जोखिम, शून्य सम्पत्ति नोक्सानी र शून्य डाटा चुहावट हो।
केन्द्रको क्षमता देखाउन उद्घाटन समारोहका क्रममा दुईवटा लिंक एन्ड कम्पनी ९०० गाडीबीच लाइभ क्र्यास टेस्ट समेत गरिएको थियो। सेफ्टी सेन्टरभित्र असिस्टेड ड्राइभिङ सिमुलेसन, पैदलयात्री सुरक्षा, गाडी नेटवर्क तथा साइबर सुरक्षासम्बन्धी परीक्षणका लागि विभिन्न विशेष प्रयोगशालाहरू स्थापना गरिएको छ।
प्राविधिक रूपमा पनि यो केन्द्रले नयाँ कीर्तिमानहरू कायम गरेको छ। जिली सेफ्टी सेन्टरले पाँचवटा गिनिज वल्र्ड रेकर्ड स्थापना गरेको छ, जसमा विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल सेफ्टी ल्याब, सबैभन्दा लामो इनडोर क्र्यास टेस्ट ट्र्याक, उचाइ र मौसम समायोजन गर्न सकिने सबैभन्दा ठूलो विन्ड टनेल र सबैभन्दा ठूलो आर्बिटरी एङगल क्र्यास टेस्ट जोन समावेश छन्।
जिलीले यो सेफ्टी सेन्टर आफ्ना ब्रान्डहरूका लागि मात्र सीमित नराखी सम्पूर्ण अटो उद्योगका लागि खुला गर्ने जनाएको छ। यस कदमले विद्युतीकरण, कनेक्टिभिटी र सफ्टवेयरमा आधारित सवारीसाधनहरू बढ्दै जाँदा उद्योगभरि सुरक्षा मापदण्डलाई अझ उच्च बनाउने अपेक्षा गरिएको छ।
जिलीले आफ्नो नयाँ–पुस्ताको आई–एचईभी ‘इन्टेलिजेन्ट इनर्जी’ हाइब्रिड...
रसुवा र तातोपानी नाका बाढी–पहिरोले अवरुद्ध भएपछि वैकल्पिक रूपमा...
काठमाडौं – आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...