जिलीले एक वर्षमा बिक्री ग-याे ३० लाख बढी कार, निर्यात कति ?

काठमाडौं– चिनियाँ अटो निर्माता जिलीले वर्ष २०२५ मा ३० बढी कार बिक्री गरेको तथ्यांक सार्बजनिक गरेको छ । जिलीको बिक्री अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले बृद्धि भएको हो ।

न्यू इनर्जी भेइकल(एनईभी) मा बीवाईडीलाई टक्कर दिइरहेको जिलीले यस सेग्मेन्टमा मात्रै ९० प्रतिशतले बिक्री बढाएको छ । कम्पनीले यो वर्ष १६ लाख ८७ हजार ८०० युनिट एनईभी बिक्री गरेको हो । जुन यो सेग्मेन्टमा जिलीले हासिल गरेको हालसम्मकै उच्च बिक्री दर हो ।

जिली ग्रुप अन्तर्गत बिक्री भएको कुल ३० लाख कारमा जिली ब्रान्डले मात्रै २४ लाख ४९ हजार ९०० युनिट योगदान गरेको छ । त्यसैगरी लिंक एन्ड कम्पनीले कुल ३ लाख ५० हजार ५०० तथा जिकरले २ लाख २४ हजार युनिट बिक्री गरेका छन् ।

सन् २०२५ मा कम्पनीले आफ्नो विश्वव्यापी उपस्थितिलाई समेत विस्तार गरेर निर्यात ४ लाख २० हजार १०० युनिट पुर्याएको छ । साथै, कम्पनीले २०२६ मा ३४ लाख ५० हजार युनिट कार बिक्री गर्ने महत्वकांक्षी लक्ष्य समेत सार्बजनिक गरेको छ । जसमा जिली ब्रान्डले २७ लाख ५० हजार, लिंक एन्ड कम्पनीले ४ लाख र जिकरले ३ लाख युनिट बिक्री गर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

उपत्यकाका ७ ठाउँमा लुयान इलेक्ट्रिक स्कुटरको सर्भिस सेन्टर

उपत्यकाका ७ ठाउँमा लुयान इलेक्ट्रिक स्कुटरको सर्भिस सेन्टर

लुयान ब्रान्डको इलेक्ट्रिक स्कुटरले काठमाडौं, भक्तपुर र ललितपुरमा ७...

हस्कभर्ना ई–पिलेन इलेक्ट्रिक मोटरसाइकल २०२२ मा लन्च हुने

हस्कभर्ना ई–पिलेन इलेक्ट्रिक मोटरसाइकल २०२२ मा लन्च हुने

हस्कभर्नाले केही दिन पहिले सार्वजनिक गरेको इलेक्ट्रिक मोटरसाइकल...

एमएडब्लु बृद्धिले बालकुमारी र बसुन्धरामा नयाँ ईभी सर्भिस सेन्टर विस्तार गर्ने

एमएडब्लु बृद्धिले बालकुमारी र बसुन्धरामा नयाँ ईभी सर्भिस सेन्टर विस्तार गर्ने

काठमाडौं–एमएडब्लु वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक ईभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...