१२ मिनेटमै १० हजार अर्डर, जिली ब्याटलशिप ७०० सार्वजनिक
काठमाडौं–चिनियाँ अटो निर्माता जिलीले नयाँ प्लग–इन हाइब्रिड अफरोड एसयूभी...
काठमाडौं– चिनियाँ अटो निर्माता जिलीले वर्ष २०२५ मा ३० बढी कार बिक्री गरेको तथ्यांक सार्बजनिक गरेको छ । जिलीको बिक्री अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले बृद्धि भएको हो ।
न्यू इनर्जी भेइकल(एनईभी) मा बीवाईडीलाई टक्कर दिइरहेको जिलीले यस सेग्मेन्टमा मात्रै ९० प्रतिशतले बिक्री बढाएको छ । कम्पनीले यो वर्ष १६ लाख ८७ हजार ८०० युनिट एनईभी बिक्री गरेको हो । जुन यो सेग्मेन्टमा जिलीले हासिल गरेको हालसम्मकै उच्च बिक्री दर हो ।
जिली ग्रुप अन्तर्गत बिक्री भएको कुल ३० लाख कारमा जिली ब्रान्डले मात्रै २४ लाख ४९ हजार ९०० युनिट योगदान गरेको छ । त्यसैगरी लिंक एन्ड कम्पनीले कुल ३ लाख ५० हजार ५०० तथा जिकरले २ लाख २४ हजार युनिट बिक्री गरेका छन् ।
सन् २०२५ मा कम्पनीले आफ्नो विश्वव्यापी उपस्थितिलाई समेत विस्तार गरेर निर्यात ४ लाख २० हजार १०० युनिट पुर्याएको छ । साथै, कम्पनीले २०२६ मा ३४ लाख ५० हजार युनिट कार बिक्री गर्ने महत्वकांक्षी लक्ष्य समेत सार्बजनिक गरेको छ । जसमा जिली ब्रान्डले २७ लाख ५० हजार, लिंक एन्ड कम्पनीले ४ लाख र जिकरले ३ लाख युनिट बिक्री गर्ने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...