साइमेक्स इंकले ग-यो बीवाईडी ईभीको मूल्य समायोजन, ९१ हजार देखि १० लाख सम्म बढ्यो मूल्य
बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा...
काठमाडौं–क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले नेपाल ल्याएको इलेक्ट्रिक स्कुटर ग्यारो डीटी ६० को बुकिङ खुला भएको छ । सिंगल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको उक्त स्कुटरको मूल्य ३ लाख ६५ हजार निर्धारण गरिएको छ ।
स्कुटरमा ४८ भोल्ट १८० एम्पियर आवरको लिथियम–आयोन ब्याट्री जडान गरिएको छ । स्कुटरको पिक पावर ४ किलोवाट छ भने यसको टर्क १५० एनएम छ । स्कुटरले १८ डिग्रीको उकालो समेत सहजै पार गर्न सक्छ । कम्पनीका अनुसार ग्यारो नेपाली बजारमा सर्बाधिक रेन्ज दिने इलेक्ट्रिक स्कुटर हो ।
१४० एमएम ग्राउन्ड क्लिरियन्स भएको स्कटरमा ईको, ड्राइभ र स्पोर्ट गरी तीनवटा राइडिङ मोड दिइएको छ । जसअनुसार इको मोडमा चलाउँदा ३५० किलोमिटर, ड्राइभिङ मोडमा २८० र स्पोर्टस मोडमा २०० किलोमिटर रेन्ज पाउन सकिने दावी गरिएको छ । मोड अनुसार यसको टप स्पिड समेत फरक छ । इको मोडमा चलाउँदा प्रतिघण्टा ५१ किलोमिटर टप स्पिड पाइने स्कुटरलाई ड्राइभिङ मोडमा ६० किलोमिटर प्रतिघण्टा र स्पोर्ट मोडमा ६८ किलोमिटर प्रतिघण्टाको टप स्पिडमा गुडाउन सकिन्छ ।
स्कुटरको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । साथै यसको अगाडी हाइड्रोलिक र पछाडी डुअल शक एब्जर्बर सस्पेन्सन जडान गरिएको छ । फास्ट चार्जर समेत सपोर्ट गर्ने यसलाई ६ देखी ८ घण्टामा फुल चार्ज गर्न सकिन्छ । यसमा एलसीडी डिस्प्ले, एलइएडी लाइट र रिजेनेरिटभि ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।
बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा...
नेपाली सडकमा हाल विभिन्न ब्रान्ड र मोडलका सवारी साधन गुडिरहेका छन् । ती...
वायु प्रदुषण बढेसँगै इण्डानेशियाली सरकारले विद्युतीय सवारीसाधनको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...