थापाथलीमा खुल्यो जीएसी आयोन वाईको फ्ल्यागसिप शोरुम, आयोन एस र हाइपर ईएस अनावरण

काठमाडौं – इलेक्ट्रिक भेइकल जीएसी मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले काठमाडौंको थापाथलीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सीजी मोटर्सले थापाथली चोकैमा सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको हो ।

उक्त शोरुमको उदघाटन सीजी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी र चिनियाँ राजदूत छन सोङले गरेका हुन् । सो अवसरमा जीएसी आयोनका विभिन्न पदाधिकारी र सीजी मोटर्सका निर्वाण चौधरी लगायत विभिन्न पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

शोरुम उद्घाटनसँगै जीएसी आयोन एस र हाइपर ईएस समेत अनावरण गरिएको छ ।

नयाँ शोरुमले ग्राहकहरूलाई एकै ठाउँबाट जीएसी मोटर्सले उत्पादन गरेका नयाँ मोडलका गाडीको बारेमा बुझ्नका साथै किन्नको लागि सहयोग गर्ने चौधरीले बताए ।

राजदूत सोङले विश्वमा ईभीको प्रयोग बढ्दै गएकाले नेपालमा पनि ईभीको प्रयोगलाई बढाउँदै लगे इन्धन खपत र वातावरण प्रदूषण पनि कम हुने बताए ।

चिनियाँ कम्पनी जीएसी मोटर्सले उत्पादन गरिरहेको आयोन वाई ब्रान्ड विश्व बजारमा निकै लोकप्रिय रहेको छ । विश्व बजारमा बीवाईडी, टेस्लापछि आयोन बढी बिक्री हुने गाडीका रुपमा पनि रहेको बताइएको छ ।

कम्पनीले जिएसीको आयोन वाई मोडल बिक्री सुरु गरेको ३ महिनापछि आयोनको डेडिकेटेड सोरुम खोलेको हो।

सोरुम उद्घाटनसँगै कम्पनीले चिनियाँ गाडी जिएसी आयोन हाइपर एचटी पनि प्रदर्शनीका रुपमा सार्वजनिक गरेको छ। सिजीले नेपालमा भित्र्याएको आयोन हाइपर एचटी ब्रान्डकै सर्वाधिक प्रिमियम मिडसाइज एसयूभी गाडी हो।

चीनमा मात्र नभई विश्वभर नै धेरैले मन पराएको सो एसयूभीको नेपालमा पनि बिक्री–वितरण शुरु भइसकेको छ। आधुनिक, सुरक्षित र आरामदायी अनुभवको संयोजन रहेको आयोन वाईमा १०० किलोवाट मोटर रहेको छ, जसले २२५ एनएमको अधिकतम टर्क दिन्छ। यसको लिथियम आयरन फस्फेट ब्याट्रीको क्षमता ६१.४ किलोवाट आवर छ, जसमा ६.६ किलोवाट चार्जरको पनि सुविधा छ। एक फुल चार्जमा यसले ५०० किलोमिटर भन्दा बढी रेन्ज दिने कम्पनीको दावी छ । यसमा म्यागजिन ब्याट्री पनि रहेको छ।

आयोन वाईको अगाडि र पछाडि दुवैचक्कामा डिस्क ब्रेक छ र यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ । आयोन वाईमा १७ इन्च आल्मुनियम अलोय ह्विल, एलईडी. डेटाइम रनिङ लाइट, फोल्डिङ साइड मिरर र पानीको सेन्सर भएको वाइपर सहितको विभिन्न सुविधाहरु छन् । यसमा प्यानोरामिक सनरूफ, एम्बियन्ट लाइटिङ र ४०५ लिटरको विशाल बुट पनि छ जसलाई १२०० लिटर सम्म बढाउन सकिन्छ।

आयोन वाईमा सुरक्षालाई विशेष ध्यान पु¥याइएको छ। गाडीमा ८ वटा एयरब्याग, अगाडिका साइड एयरब्यागहरू, साइड कर्टेन एयरब्याग, र अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक पाउन सकिन्छ।

गाडीमा १०.२५ इन्च इन्स्ट्रयुमेन्ट प्यानल, मल्टि इन्फर्मेसन डिस्प्ले र १४.६ इन्च टचूिस्क्रन डिस्प्ले रहेको छ। यसबाहेक एचडी. भिजन पार्किङ सिस्टम, किलेस इन्ट्री, र ३६० डिग्री एचडी भ्यु क्यामेरा सिस्टम लगायतका अन्य थुप्रै सुविधाहरु छन् ।

हाल नेपालभर १२० भन्दा धेरै स्थानहरुमा चार्जिङ सेवा दिदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुबिधा उपलब्ध गराउने कम्पनीले उल्लेख गरेको छ।

सम्बन्धित समाचारहरू

बुकिङ खुलेको २४ घन्टामै १० हजार युनिट विक्री भयो बीवाईडी सिगल

बुकिङ खुलेको २४ घन्टामै १० हजार युनिट विक्री भयो बीवाईडी सिगल

बीवाईडीको सस्तो इलेक्ट्रिक कार सिगल बुकिङ खुलेको २४ घन्टामा १० हजार युनिट...

अमेरिकी कम्पनीले हाइड्रोजनबाट चल्ने स्कुटर भारतमा लन्च गर्ने

अमेरिकी कम्पनीले हाइड्रोजनबाट चल्ने स्कुटर भारतमा लन्च गर्ने

अमेरिकाको सवारी साधन निर्माता कम्पनी ट्राइटनले भारतमा छिट्टै हाइड्रोजन...

बीवाईडी ब्लेड ब्याट्रीयुक्त टेस्ला मोडल वाई सार्वजनिक

बीवाईडी ब्लेड ब्याट्रीयुक्त टेस्ला मोडल वाई सार्वजनिक

बीवाईडीको एलएफटी ब्याट्रीबाट चल्ने पहिलो टेस्ला मोडल जर्मनीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...