ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटर किन्न हिमालयन बैंकले ६.९९ प्रतिशत ब्याजदरमा ऋण दिने
काठमाडौं – क्रसफायरको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स...
बीवाईडीको सस्तो इलेक्ट्रिक कार सिगल बुकिङ खुलेको २४ घन्टामा १० हजार युनिट बिक्री भएको छ । सो नयाँ इलेक्ट्रिक ह्याचव्याकलाई कम्पनीले संघाईमा जारी अटो एक्सपो २०२३ मा सार्वजनिक गरेर बुकिङ लिन शुरु गरेको हो ।
ई–प्लेटफर्म ३.० मा निमाण गरेको सो कारलाई बीवाईडीले ३० र ३८ किलोवाट आवर एलएफपी व्याट्री अप्सनमा सार्वजनिक गरेको थियो । जसमध्ये ३० किलोवाट आवर जडित भेरिएन्टले ३०५ र अर्को लङ रेन्ज भेरिएन्टले ४०५ किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यी दुवै व्याट्री अप्सनले डीसी फास्ट चार्जर सपोर्ट गर्ने जनाइएको छ । कारलाई ३० मिनेट भित्र ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
सिगलमा ५५ किलोवाटको मोटर जडान गरिएको छ । जसको पावर ७५ एचपी छ भने यसलाई १३० किलोमिटर प्रतिघन्टाको टप स्पिडमा गुडाउन सकिन्छ । कारमा ५ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, फ्ल्याट वटम स्टेरिङ ह्विल, वायरलेस चार्र्जिङ प्याड र दुईवटा कप होल्डर लगायत फिचर दिइएको छ ।
बीवाईडीका इलेक्ट्रिक कार नेपाली बजारमा समेत उपलब्ध रहँदै आएका कारण सो नयाँ कार पनि अवको केही समयपछि नेपाल आउनसक्ने अनुमान गर्न सकिन्छ । बीवाईडीलाई नेपालमा साईमेक्स इंकले प्रालिले आधिकारिक वितरकका रुपमा कारोवार गर्दै आएको छ ।
काठमाडौं – क्रसफायरको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स...
काठमाडौं – एमजीले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै सातदोबाटो,...
अगस्ट महिनामा रेकर्ड बिक्री पश्चात बीवाईडीले यो वर्ष अर्को महत्वपूर्ण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...