बीवाईडी ब्लेड ब्याट्रीयुक्त टेस्ला मोडल वाई सार्वजनिक

बीवाईडीको एलएफटी ब्याट्रीबाट चल्ने पहिलो टेस्ला मोडल जर्मनीको बर्लिनस्थित गिगाफ्याक्ट्रीमा सार्वजनिक गरिएको छ । चाइनिज ब्रान्डको ब्याट्री प्रयोग गरिएको यो टेस्लाको पहिलो इलेक्ट्रिक कार हो ।

अझ रोचक पक्ष के छ भने यसले १५ मिनेटमा प्राप्त गर्ने चार्जिङ क्षमता समेत ६० प्रतिशतले बढेको छ ।

गत मे ४ मा जर्मन मिडियाहरुले यी दुई कम्पनी बीच सहकार्य सुरुवात हुने घोषणा गरेका थिए । यो भन्दा पहिले बीवाईडी र टेस्ला दुई प्रतिस्पर्धी कम्पनी भएकाले एक अर्कामा सहयोग हुने कुरा कसैले सोचेको समेत थिएन । यद्यपि यस्ता समाचार भने आइरहन्थे ।

मे महिनामा टेस्लाको मोडल वाई उत्पादन हुन थालेको र यसमा बीवाईडीको एलएफपी ब्लेड ब्याट्री प्रयोग हुने बताइएको थियो । त्यसपछि अहिले पहिलो मोडल सार्वजनिक भएको हो ।

जर्मन मिडियाका अनुसार गत मे २० मा टेस्ला बर्लिन प्लान्टमा यसलाई सार्वजनिक गरिएको हो । यद्यपि यो प्रोडक्सन मोडल नभई प्रोटोटाइप मात्र हो । यो एक इन्ट्री लेवल इलेक्ट्रिक कार हुनेछ, जसमा ५५ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ र सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिन्छ ।

बीवाईडी र टेस्लाको सम्बन्ध जहिले पनि शंकास्पद रहने गरेको थियो । उनीहरुले औपचारिक रुपमा कहिल्यै पनि यसरी सहकार्य हुन लागेको बताएका थिएनन् । यी दुवै कम्पनी विश्वकै सबैभन्दा ठूला न्यु इनर्जी भेइकल कम्पनी हुन्, जसको प्रतिस्पर्धा भइरहेको छ ।

स्मरणिय के छ भने बीवाईडीको सहायक कम्पनी फिनड्रिम्सले आफ्नै इनहाउस ब्याट्रीको रुपमा ब्लेड ब्याट्रीको विकास र उत्पादन गर्दै आएको छ, जुन विश्वमै नौलो प्रविधि र क्षमतायुक्त ब्याट्री मानिन्छ ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रियो सीएफ मोटोको ईभी सब–ब्रान्ड जिहोको इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य

नेपाल भित्रियो सीएफ मोटोको ईभी सब–ब्रान्ड जिहोको इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य

काठमाडौं – नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘जिहो’ भित्रिएको...

बीवाईडीमा प्रयोग हुने ब्लेड ब्याट्रीको सेकेन्ड जेनेरेसन यही वर्ष आउने, इनर्जी डेन्सिटी बढ्ने

बीवाईडीमा प्रयोग हुने ब्लेड ब्याट्रीको सेकेन्ड जेनेरेसन यही वर्ष आउने, इनर्जी डेन्सिटी बढ्ने

चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीलाई ब्याट्री उपलब्ध...

टेस्लालाई बीवाईडीको चुनौती, १५ हजार डलरमै लन्च भयो सिल ०६ ईभी

टेस्लालाई बीवाईडीको चुनौती, १५ हजार डलरमै लन्च भयो सिल ०६ ईभी

बीवाईडीले टेस्लाको लागि नयाँ चुनौती खडा गर्दै आफ्नो नयाँ इलेक्ट्रिक कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...