साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान, बीवाईडी गाडीमा ५ वर्ष निःशुल्क सर्भिसिङ र अन्य सुविधा
काठमाडौं – नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि...
चीनको सरकारी स्वामित्वमा रहेको कार निर्माता कम्पनी जीएसीले युरोपमै ईभी उत्पादन गर्ने योजनामा रहेको बताएको छ । कम्पनीका जनरल म्यानेजरको हवाला दिदै रोयटर्सले सो समाचार सार्वजनिक गरेको छ ।
जीएसी चीनको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मध्ये एक हो र यसले सन् २०३० सम्म ५ लाख युनिट अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने लक्ष्य राखेको छ । कम्पनीले हाल सम्म युरोपमा कुनै पनि ईभी बिक्री गरेको छैन । तर आज देखि सुरु हुने पेरिस अटो शोमा युरोपेली बजारलाई लक्ष्यित गरी एक इलेक्ट्रिक एसयूभी जीएसी एयोन भी सार्वजनिक गर्दैछ ।
युरोपियन कमिसनले चीनमा बनेका ईभीलाई कर लगाउने नीति लिएको भए पनि जीएसीले भने युरोपलाई एक महत्वपूर्ण बजारको रुपमा लिएको बताएको छ । कर नीतिले प्रभाव पार्ने भए पनि दीर्घकालीन रुपमा यसको समाधान हुनेमा समेत कम्पनी विश्वस्त रहेको बताइएको छ ।
स्थानीय स्तरमा उत्पादन गर्नु पनि एक समाधान भएको र यही सम्भावनाको खोजीमा रहेको कम्पनीको भनाइ छ । नयाँ प्लान्ट स्थापना गर्ने वा भइरहेकै कुनै प्लान्ट सेयर गर्ने वा टेक ओभर गर्ने वारेमा समेत छलफल भइरहेको छ ।
पेरिस अटो शोमा डिस्प्ले हुने कम्प्याक्ट एसयूभी एयोन भीले ५२० किलोमिटर रेन्ज दिन्छ र केही युरोपेली बजारमा यो सन् २०२५ को मध्य सम्ममा लन्च हुनेछ । यसको मूल्य ४० हजार युरो वा करिव ४४ हजार डलर भन्दा कम हुने अनुमान गरिएको छ ।
जीएसी एयोन भी केही समय पहिले नेपालमा सम्पन्न नाडा अटो शो २०२४ मा समेत प्रदर्शन गरिएको थियो । प्रदर्शनका लागि मात्र उपलब्ध उक्त ईभीको मूल्य पनि नेपालमा सार्वजनिक भने गरिएको छैन ।
काठमाडौं – नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि...
जापनिज कम्पनी सोनी र होन्डाले इलेक्ट्रिक सवारी साधन विकास तथा बिक्री...
१६२ वर्ष लामो विरासत भएको चांगान अटोमोबाइल चीनको सबैभन्दा पुरानो र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...