हिरोका नयाँ प्रिमियम मोटरसाइकल १५० देखि ३५० सीसी सेग्मेन्टमा आउने
विश्वकै ठूलो दुई–पांग्रे सवारी साधन निर्माता कम्पनी हिरो मोटोकर्पले...
काठमाडौं–जिएसी मोटर्सको नेपालका लागि आधिकारिक सिजी मोटर्सले एवोन वाईको खरिदमा बेजोड अविश्वसनीय अफर घोषणा गरेको छ । ग्राहकलाई सुपथ मूल्य र सुविधा प्रदान गर्ने उद्देश्य राखेर ल्याइएको उक्त अफर अन्तर्गत एवोन वाई बजेट अघिकै मूल्यमा खरिद गर्न सकिनेछ । यो नयाँ एसयूभीको मूल्य हाल ५८ लाख ५० हजार निर्धारण गरिएको छ ।
हालै नेपालमा विक्रीवितरण सुरु भएको एवोन वाईलाई ग्राहकले ५ लाख ८५ हजार रुपैयाँ डाउनपेमेन्ट गरी खरिद गर्न सकिने कम्पनीले जनाएको छ । न्यूनतम डाउनपेमेन्टका कारण यो एसयूभी सबै ग्राहकका लागि पहुँचयोग्य बनेको कम्पनी भनाई छ ।
यसबाहेक, एक्सचेन्ज मार्फत खरिद गर्न चाहने ग्राहकले आफ्नो पुरानो सवारीसाधनमा २ लाखसम्म टप–अपबाट प्राप्त गर्दै निश्चित एक्सचेन्ज फाइदा लिन सक्नेछन् । साथै, यसमा २ लाख सम्मको नगद छुटको पनि सुविधा रहेको छ ।
अफर अन्तर्गत एवोन वाई खरिद गर्दा ग्राहकले १ वर्षको बीमा र पहिलो १ वर्षको सडक करको भुक्तानी जस्ता निःशुल्क सुविधाहरू पनि पाउनेछन् । घरायसी प्रायोजनका लागि ७ किलोवाट र अर्को २ किलोवाट क्षमताको ट्राभल चार्जर समेत कम्पनीले उपलब्ध गराउने जनाईएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...