चीनको सबैभन्दा सुरक्षित कार बन्याे एइटो एम८, सिंगल चार्जमा १५२८ किमी यात्रा गर्न सक्षम
चीनमा हालै सबैभन्दा सुरक्षित कारको रुपमा एइटो एम८ नामक एसयूभीलाई मान्यता...
काठमाडौं – विद्युतीय सवारी साधनप्रति उल्लेखनीय मागलाई सम्बोधन गर्दै सीजी मोटर्सको आधिकारिक वितरक फ्युचर मोटर्सले फ्यूचर ईभी कार्निभल सुरु गरेको छ। आज देखि शुरु भएको सो कार्निभल आगामी शनिबार सम्म चल्ने छ ।
सो कार्निभल भक्तपुरको राधे राधे स्थित हेरिटेज पार्टी प्यालेसमा भइरहेको छ। बिहान १० बजे देखि साँझ ६ बजेसम्म सञ्चालन हुने सो कार्निभलमा रिड्डारा, नेटा, जीएसी, किङलङ र सीजी केवाईसीका सवारी साधनहरू प्रदर्शनमा राखिएका छन्।
ग्राहकहरुले प्रदर्शित विभिन्न सवारी साधनलाई टच एन्ड फिल गर्न पाउनेछन्। साथै, कार्निभलमा मनोरञ्जनात्मक आकर्षणको रूपमा विभिन्न खेल, लाइभ प्रदर्शन र खाना र पेय पदार्थका स्टलहरू समावेश गरिएको छ।
प्रदर्शनीमा राखिएका कुनैपनि सवारी साधन खरिदमा इच्छुक ग्राहकहरूको लागि अन द स्पट फाइनान्सिङ, एक्सचेन्ज अफर, विशेष डिस्काउन्ट र अन द स्पट भ्यालुएसनको सुविधाहरू प्रदान गरिएको कम्पनीको भनाइ छ ।
नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको अपेक्षालाई मध्यनजर गर्दै सीजी मोटर्सले अवतार, रिड्डारा, नेटा, जीएसी, किङलङ, सीजी केवाईसी, दायुन र स्मार्ट गरी ८ वटा विभिन्न ब्राण्डका विद्युतीय सवारी साधनहरु बिक्री वितरण गर्दै आइरहेको छ।
चीनमा हालै सबैभन्दा सुरक्षित कारको रुपमा एइटो एम८ नामक एसयूभीलाई मान्यता...
काठमाडौं – फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल...
भीनफास्टले भारतमा इलेक्ट्रिक स्कुटर पनि उत्पादन गर्ने भएको छ । ‘क्लारा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...