ट्रक जायन्ट फुसो र हिनो मर्जर हुने

ट्रकको दुनियामा ठूलो खबर । विश्वको ट्रक बजारका जायन्ट र प्रतिस्पर्धी समेत मानिने दुई कम्पनी फुसो र हिनो एक मर्जरमा सहमत भएका छन्। फुसो र हिनोका मूल कम्पनीहरू डेमलर ट्रक होल्डिङ एजी र टोयोटा मोटर कर्पोरेशन सो सम्बन्धी मर्जरमा संलग्न भएका छन् ।

दुई कम्पनीले ट्रक क्षेत्रका लागि उन्नत प्रविधिको विकासलाई तीव्रता दिने सम्बन्धमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। उत्सर्जनमा कटौती गर्न र लजिस्टिकमा सुधार गर्नका लागि केस अर्थात कनेक्टेड, अटोनोमस एन्ड अटोमेटेड, सेयर र इलेक्ट्रिक टेक्नोलोजीको विकास गर्नु यसको मुख्य लक्ष्य रहेको छ।

एमओयू अनुसार मर्जरबाट उत्पन्न भएको लिस्टेड होल्डिङ कम्पनीमा प्यारेन्ट कम्पनी (डेम्लर र टोयोटा) ले समान लगानी गर्नेछन् । उनीहरुले हाइड्रोजन पावरट्रेन विकासमा पनि सहकार्य गर्नेछन्। दुबै समान आधारमा मर्ज हुनेछन्। फुसो र हिनोले व्यावसायिक सवारी साधन विकास, खरिद र उत्पादनका क्षेत्रमा पनि सँगै काम गर्नेछन्।

टोयोटा मोटर कर्पोरेशनका सीईओ कोजी सातोले भने, ‘हाम्रा चार कम्पनीहरूले केस टेक्नोलोजीलाई सुदृढ पार्दै कार्बन न्युट्रालिटी हासिल गर्ने र व्यावसायिक सवारीको भविष्य परिवर्तन गर्ने तथा सामाजिक समस्याहरू समाधान गरेर भविष्य निर्माण गर्ने साझा दृष्टिकोणका साथ काम गर्नेछन्।’

फुसो–हिनो मर्जरका लागि अर्को १८ महिना महत्वपूर्ण हुनेछ। संलग्न कम्पनीहरूले होल्डिङ कम्पनी गठन गर्नको लागि सहकार्यको दायरा र प्रकृतिलाई अझै मजबुत बनाउने छन् । सम्बद्ध पक्षहरूले अर्को वर्षको पहिलो त्रैमासिकसम्म ’निश्चित सम्झौताहरू’ गर्ने र २०२४ को अन्त्यअघि नै सम्झौता गर्ने लक्ष्य राखेका छन्।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...