धनगढीका मेयर गोपाल हमालको रोजाइमा स्काइवेल ईभी, ब्रान्ड र रेन्जको आकर्षण
काठमाडौं – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको रोजाइमा स्काइवेल ईभी...
चर्चित जर्मन लक्जरी कार निर्माता कम्पनी औडीले औडी ई–ट्रोन र औडी ई–ट्रोन स्पोर्टब्याक कार भारतीय बजारमा लन्च गरेको छ । सो कारको सुरुवाती एक्स शोरुम मूल्य ९९ लाख ९९ हजार भारु तोकिएको छ । यी कारले मर्सिडिज बेन्ज ईक्यूसी र ज्यागुअर आई–पेससँग प्रतिस्पर्धा गर्नेछ । अधिक पावरफुल औडी ई–ट्रोन र औडी ई–ट्रोन ५५ को मूल्य क्रमशः १ करोड १६ लाख र १ करोड १७ लाख भारु रहेको छ ।
बुकिङ सुरु
औडी ई–ट्रोन र औडी ई–ट्रोन स्पोर्टब्याक एसयूभीको बुकिङ सुरु भएको छ । सो कारको लागि औडी डिलरशिप वा औडी इन्डियाको वेबसाइटमा ५ लाख भारुमा बुकिङ गर्न सकिन्छ ।
निःशुल्क चार्जर
औडी इन्डियाले हालै यो वर्ष औडी इलेक्ट्रिक एसयूभी खरिदमा दुई चार्जर निःशुल्क प्रदान गर्ने घोषणा गरेको थियो । यसमा ११ किलोवाटको कम्प्याक्ट चार्जर र एक्स्ट्रा वाल बक्स एसी चार्जर समावेश रहेको छ । यसको साथै सो बारमा ५० किलोवाट डिसी फास्ट चार्जर समावेश गरिएको छ । कम्पनीले सो कार खरिदमा २०२१ को अन्तसम्ममा निःशुल्क चार्जिङको सुविधा पनि प्रदान गरेको छ । सो कार खरिद गर्दा सर्भिस प्याकेजको साथै वारेन्टी पनि दिइएको छ ।
लुक र स्टाइल
औडी ई–ट्रोन र औडी ई–ट्रोन स्पोर्टब्याकको एक्सटेरियर बडी स्टाइल फरक हुनेछ । औडी ई–ट्रोनमा हाल उपलब्ध एसयूभी प्रोफाइल उपलब्ध रहेको छ र ई–ट्रोन स्पोर्टब्याक एसयूभीको लुक निकै मस्क्युलर र कुपे स्टाइलको रुफलाइन समावेश गरिएको छ । कारको फ्रन्टमा ठूलो सिल्भर ग्रिल समावेश गरिएको छ । जबकि मेट्रिक्स एलईडी हेडल्याम्प स्ट्यान्डर्डको रुपमा रहेको छ ।
पावर र टप स्पिड
औडी ई–ट्रोन र औडी ई–ट्रोन स्पोर्टब्याकमा पावरका लागि ९५ केडब्ल्यू व्याट्री प्याक रहेको छ । जबकि ई–ट्रोन ५० मा ७१ केडब्ल्यू व्याट्री प्याक रहेको छ । सो कारले ४०८ एचपी पावर र ६६४ एनएमको टर्क जेनेरेट गर्छ । सो ईभीको लगभग २.५ टन रहेको छ । सो कार ५.७ सेकेण्डमा ० देखि १०० किलोमिटर गति चल्ने क्षमता रहेको छ । यसमा एडब्ल्युडी सिस्टम रहेको छ । यसलाई रिजेनरेटिभ ब्रेकिङ टेक्नोलोजीको मद्दतले चार्ज गर्न सकिन्छ ।
औडी ई–ट्रोन र औडी ई–ट्रोनको रेन्ज र व्याट्री
औडी ई–ट्रोन ५५ र ई–ट्रोन स्पोर्टब्याक ५५ ले एक पटक फुल चार्जमा ३५९ किलोमिटर देखि ४८४ किलोमिटरको रेन्ज प्रदान गर्छ । जबकि ई–ट्रोन ५० फुल चार्जमा २६४ किलोमिटर र ३७९ किलोमिटरको रेन्ज प्रदान गर्छ । ई–ट्रोन र ई–ट्रोन स्पोर्टब्याक ११केडब्ल्यू एसी होम चार्जरको प्रयोग गरेर लगभग ८.५ घण्टामा फुल चार्ज गर्न सकिन्छ । सो दुवै ईभी मोडलमा १५० केडब्ल्यु पोइन्टको फास्ट चार्जिङको विकल्पले चार्ज गर्न सकिन्छ ।
फिचर
सो एसयूभीमा डिजिटल म्याट्रिक्स एलईडी हेड लाइट, एलईडी स्ट्रिपको साथमा रियर एलईडी लाइट, सफ्ट डोर क्लोजिङ, २० इन्चको अलोय ह्वील्स, प्यानोरमिक सनरूफ, एडाप्टिभ विन्डशिल्ड वाइपर जस्ता फिचर समावेश गरिएको छ । यसको साथै १०.१ इन्चको सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रिन पनि उपलब्ध रहेको छ । यसमा फोर–जोन क्लाइमेट कन्ट्रोल, हेड–अप डिस्प्ले, एम्बिएन्ट र कन्टुर लाइटिङ, १६ स्पिकर्सको साथमा बीएन्डओ साउन्ड सिस्टम र एयर फ्रेगरेन्सको साथै एयर क्वालिटी प्याकेज समावेश रहेको छ ।
काठमाडौं – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको रोजाइमा स्काइवेल ईभी...
दुहानले सस्तो मूल्यको नयाँ इलेक्ट्रिक स्कुटर इडु नेपाल ल्याएको छ । यो...
टाटाले इन्ट्री लेभलको इलेक्ट्रिक कार टियागो ईभी लन्च गरेको छ । यसको बुकिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...