थाइल्यान्डमा जिडब्लुएमको ओभरसिज सम्मेलन सम्पन्न, ५० राष्ट्रका २०० बढी वितरक सहभागी
ग्रेटवाल मोटर (जिडब्लुएम) ले थाइल्यान्डको बैंककमा ‘वान जिडब्लुएम – लाइट द...
काठमाडौं – टुटल र पठाओ लगायतका राइड सेयरिङ कम्पनीले भोलि मंगलबार देखि सेवा सञ्चालन गर्ने भएका छन्। सरकारले लागू गरेको जोरबिजोर प्रणालीअनुसार नै सेवा सुरु गरिने कम्पनीले बताएका छन्।
काठमाडौं उपत्यकामा भोलि देखि नयाँ तरिकाले निषेधाज्ञा हुने भएको छ । यस अनुसार मोटरसाइकल र स्कुटर जोर विजोर अंकका आधारमा संचालन हुने छन् ।
निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्या कम हुने भए पनि सेवा सुरु गर्ने तयारी गरिएको पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए । आफूहरुले यसको तयारी गरिरहेको र सरकारले तोकेको मापदण्ड पुरा गरेर सेवा सुरु गर्ने बस्न्यातले बताए ।
टुटलका सिइओ शिक्षित भट्टले पनि भोलिदेखि टुटलको सेवा सुरु गर्न आवश्यक तयारी पुरा गरिसेकेको बताए।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण गत वैशाख १६ गतेदेखि नै टुटल र पठाओको राइड सेयरिङ सेवा पनि रोकिएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...