बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
एप्पलका उत्पादन एसेम्बल गर्ने कम्पनीको रुपमा परिचित कम्पनी फक्सकनले अटोमोटिभ ईभी प्लेटफर्म सार्वजनिक गरेको छ । यसबाट अब फक्सकन इलेक्ट्रिक कार कम्पोनेन्ट निर्माताका रुपमा समेत अगाडि आउने सम्भावना देखिएको छ ।
ताइवानी कम्पनी फक्सकनका अध्यक्ष लिउ युङ वेले सो प्लेटफर्म सार्वजनिक गर्दै आगामी सन् २०२५ सम्ममा ग्लोबल ईभी मार्केटको १० प्रतिशत बजार हिस्सा लिने लक्ष्य भएको बताए ।
कम्पनीले सार्वजनिक गरेको सो च्यासिसलाई ‘ओपन सोर्स’ भनिएको छ र यसको साइज, ह्विलबेस, सस्पेन्सन टाइप र ब्याट्री साइजलाई कस्टमाइज गर्न सकिन्छ । पार्टनर अटोमोटिभ कम्पनीहरुले आफ्नो आवश्यकता अनुसारको माग गर्न सक्ने छन् भने फक्सकनले उनीहरुका लागि एसेम्बल गर्न सहज हुने गरी उपलब्ध गराउने छ ।
फक्सकनले आगामी सन् २०२४ सम्म सोलिड–स्टेट ब्याट्री समेत सार्वजनिक गर्ने बताएको छ, जुन हाल इलेक्ट्रिक कार ब्याट्रीका लागि प्रचलित लिथियम आयोन ब्याट्री भन्दा ‘सुपेरियर’ हुनेछ ।
गत जनवरीमा एफसीएले चीनमा इलेक्ट्रिक कार निर्माणका लागि फक्सकनलाई ज्वाइन्ट भेन्चर पार्टनरको रुपमा घोषणा गरेको थियो । हाल फक्सकनले टेस्लाका लागि समेत आवश्यक पार्ट्स उपलब्ध गराइरहेको छ । फक्सकनका अध्यक्षले हाल धेरै अटो कम्पनीहरुसँग सहकार्यका लागि सम्वाद भइरहेको बताएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...