नेपाल आयो स्कुटरको एसयूभी ‘रिभर इन्डी’, नाइमा मोबिलिटी एक्सपोमा सार्बजनिक हुने
काठमाडौं–नेपालको विद्युतीय दुई–पांग्रे बजारमा एउटा नयाँ प्रिमियम...
एप्पलका उत्पादन एसेम्बल गर्ने कम्पनीको रुपमा परिचित कम्पनी फक्सकनले अटोमोटिभ ईभी प्लेटफर्म सार्वजनिक गरेको छ । यसबाट अब फक्सकन इलेक्ट्रिक कार कम्पोनेन्ट निर्माताका रुपमा समेत अगाडि आउने सम्भावना देखिएको छ ।
ताइवानी कम्पनी फक्सकनका अध्यक्ष लिउ युङ वेले सो प्लेटफर्म सार्वजनिक गर्दै आगामी सन् २०२५ सम्ममा ग्लोबल ईभी मार्केटको १० प्रतिशत बजार हिस्सा लिने लक्ष्य भएको बताए ।
कम्पनीले सार्वजनिक गरेको सो च्यासिसलाई ‘ओपन सोर्स’ भनिएको छ र यसको साइज, ह्विलबेस, सस्पेन्सन टाइप र ब्याट्री साइजलाई कस्टमाइज गर्न सकिन्छ । पार्टनर अटोमोटिभ कम्पनीहरुले आफ्नो आवश्यकता अनुसारको माग गर्न सक्ने छन् भने फक्सकनले उनीहरुका लागि एसेम्बल गर्न सहज हुने गरी उपलब्ध गराउने छ ।
फक्सकनले आगामी सन् २०२४ सम्म सोलिड–स्टेट ब्याट्री समेत सार्वजनिक गर्ने बताएको छ, जुन हाल इलेक्ट्रिक कार ब्याट्रीका लागि प्रचलित लिथियम आयोन ब्याट्री भन्दा ‘सुपेरियर’ हुनेछ ।
गत जनवरीमा एफसीएले चीनमा इलेक्ट्रिक कार निर्माणका लागि फक्सकनलाई ज्वाइन्ट भेन्चर पार्टनरको रुपमा घोषणा गरेको थियो । हाल फक्सकनले टेस्लाका लागि समेत आवश्यक पार्ट्स उपलब्ध गराइरहेको छ । फक्सकनका अध्यक्षले हाल धेरै अटो कम्पनीहरुसँग सहकार्यका लागि सम्वाद भइरहेको बताएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...