हुन्डाई गाडी खरिद गर्दा ४ लाख रुपैयाँसम्म नगद छुट पाइने
हुन्डाई गाडीको नेपालका लागी आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...
काठमाडौं – नेपाली बजारमा औपचारिक रुपमा हुन्डाईको नयाँ टुसान सार्वजनिक भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आज फेसबुक लाइभमार्फत भर्चुअल रुपमा सो गाडी लन्च गरेको हो ।
केही दिन पहिले नै यो गाडी नेपाली बजारमा भित्रिसकेको छ । यसको मूल्य पनि पहिले नै सार्वजनिक भइसकेको छ ।
२ हजार सीसी क्षमताको यो एसयूभी भिन्न ४ भेरिएन्टमा उपलब्ध हुनेछ । जसमध्ये तीनवटा भेरिएन्ट पेट्रोल र एउटा भेरिएन्ट डिजेल इन्जिनमा समेत उपलब्ध हुनेछ ।
यसको पेट्रोल इन्जिनमा उपलब्ध जीएलएस म्यानुअल ट्रान्समिसनको मूल्य नेपाली बजारमा ८९ लाख ९६ हजार रुपैयाँ पर्छ । त्यसैगरी सोही इन्जिनको जीएलएस अटोमेटिकको १ करोड ७ लाख ९६ हजार र जीएलक्स भेरिएन्टको १ करोड १४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । अर्को टुसान जीएलएक्स डिजेल इन्जिनको मूल्य १ करोड ३४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
हाल नेपाली बजारमा उपलब्ध टुसान चौथो जेनेरेसन मोडल हो । यो भन्दा पहिले देखि नै नेपाली बजारमा अन्य जेनेरेसनका टुसान उपलब्ध भइसकेको छ । यसको डिजाइन र फिचर पहिलेको टुसान भन्दा धेरै फरक छ ।

गाडीमा फरवार्ड रिभर्स पार्किङ डिस्टेन्स वार्निङ, रियरक्रस ट्राफिक कोलिजन अभोइडेन्स, क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पट कोलिजन, फरवार्ड कोलिजन अभोइडेन्स असिस्टेन्स, सिफ्ट बाई वायर असिस्टेन्स, स्मार्ट टेलगेट, सनरुफ, भेन्टिलेटेड एन्ड हिटेड फ्रन्ट सिट आदि फिचर उपलब्ध छन् ।
हुन्डाई गाडीको नेपालका लागी आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...
काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
एसयूभी बजारमा सर्बाधिक लोकप्रिय मोडल हो हुन्डाई क्रेटा । यो एसयूभी नेपाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...