बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
विश्वभर टीभीएस अपाचे सिरिजका बाइक ४० लाख भन्दा बढी युनिट बिक्री भएका छन् ।
टीभीएसको अपाचे सिरिजमा हालसम्म आरटीआर १६०, अपाचे आरटीआर १६० ४भी, अपाचे आरटीआर १८०, टीभीएस अपाचे आरटीआर २०० ४भी र आरआर ३१० मोडल लन्च गरिसकेको छ । अपाचे सिरिजमा पनि विभिन्न क्याटेगोरीका बाइक उपलब्ध छन् । यसमा नेकेड (१६० देखि २०० सीसी सम्म) र सुपर स्पोर्ट (फुल्ली फेयर्ड, ३१० सीसी मोटरसाइकल) छन् ।
युवा वर्गहरुमा सो बाइक निकै लोकप्रिय रहेको छ । कम्पनीका अनुसार भारतमा सो बाइक फास्टेस्ट ग्रोइङ प्रिमियम मोटरसाइकल ब्रान्ड हो ।
टीभीएस अपाचे भारत र विश्वका विभिन्न देशमा सबैभन्दा सफल र रुचाइएको मोटरसाइकल बन्न सफल भएको छ ।
दुई दशक यता बजाज पल्सर सबैभन्दा लोकप्रिय बनेको छ र यदि पल्सरलाई टक्कर दिने अर्को कुनै बाइक छ भने टीभीएस अपाचे नै भएको धेरैले बताउने गरेका छन् ।
सबैभन्दा पहिले सन् २००५ मा बजारमा उपलब्ध गराइएको अपाचे सिरिजमा धेरै सेगमेन्ट फर्स्ट फिचर उपलब्ध छन् । जस्तो कि ड्युअल च्यानल एबीएस, राइड मोड, स्मार्ट कनेक्ट, स्लिपर क्लच, जीटीटी अर्थात ग्लाइड थ्रु टेक्नोलोजी आदि ।
नेपाली बजारमा समेत टीभीएस अपाचे सिरिजका बाइक लोकप्रिय छन् । ४० लाख ग्राहक भएकै अवसर पारेर हिजो नेपाली बजारमा एबीएस र कनेक्टेड फिचर सहितको टीभीएस अपाचे आरटीआर १६० फोरभी बाइक लन्च गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...