३ सय किलोमिटर रेन्ज दाबी गरिएका ४ इलेक्ट्रिक कार नेपालमा, यस्तो छ मूल्य र पर्फमेन्स

अटो बजारमा अहिले इलेक्ट्रिक कार सर्बाधिक चर्चाको बिषय बनिरहेको छ । अन्तःशुल्क खारेजी र भन्सार दरमा भारी छुटका कारण मूल्य कम पर्न गएपछि बजारमा यस्ता कारको माग दिनप्रतिदिन बढ्दै गैरहेको छ । माग अनुसार आपूर्ति सहज नहुँदा कतिपय ब्रान्डले अभावको अवस्था समेत झेल्नुपरेको छ । बजारमा देखिएको यो अवस्थालाई मध्यनजर गर्दै विभिन्न आयातकर्ता कम्पनी अहिले इलेक्ट्रिक कार भित्र्याउने होडबाजीमै उत्रिन थालिसकेका छन् । फलस्वरुप झन्डै एक दर्जन हाराहारी ब्रान्डले यस्ता कार आयात गरी कारोबार गरिरहेका छन् ।

बजारमा हाल ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा १५० किलोमिटर गुड्ने दीगो ई८ देखि ५२० किलोमिटरसम्म गुड्ने दाबी गरिएको बीवाईडी ई६ सम्मका इलेक्ट्रिक कारको कारोबार भैरहेको छ । जसमध्ये ३ सय किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएका बीवाईडी, हुन्डाई कोना, एमजी ईजेडएस र टाटा नेक्सन गरी कुल ४ वटा ब्रान्ड सर्बाधिक चर्चित बनेका छन् ।

कोरियन अटोमेकर हुन्डाई मोटर्सले उत्पादन गर्ने कोना नेपाली बजारमा सर्बाधिक लोकप्रिय ईभी हो । कोना १ सय र १ सय ५० किलोवाट क्षमतामा उपलब्ध छ । यसको सय किलोवाट क्षमताले ३१० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यो ईभीमा ३९.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडान गरिएको छ । नेपाली बजारमा यो ईभीको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी विश्वमै सर्बाधिक बिक्री हुने मध्ये एक चिनियाँ ब्रान्ड बीवाईडीका ३ वटा मोडल मध्ये २ वटा मोडलले ३ सय भन्दा बढी रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । बिवाईडी एम३ ले ३१० र टी३ मोडलले ३०० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको हो । यी दुबै गाडीमा १ सय किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने ब्याट्रीको क्षमता ५०.३ किलोवाट आवर रहेको छ । यी गाडीको मूल्य नेपाली बजारमा क्रमश ४३ लाख र ३८ लाख रुपैयाँ कायम गरिएको छ ।

विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एनएम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयोन ब्याट्री ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । एमजी जेडएस ईभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ। यसको मूल्य ५० लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

केही दिन अघिमात्र सार्बजनिक गरिएको भारतीय अटो मेकर टाटा मोटर्सले उत्पादन गरेको नेक्सन ईभीले ३१२ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यो एसयूभीमा ९५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने ब्याट्री क्षमता ३०.०२ किलोवाट आवर रहेको छ । ३ भिन्न भेरिएन्टमा उपलब्ध नेक्सन ईभीको बेस भेरिएन्टको मूल्य ३५ लाख ९९ हजार, मिडियम भेरिएन्टको ३७ लाख ९९ हजार र टप भेरिएन्टको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

केवाइसी गाडीको आयात तथा बिक्री–वितरण नगर्न अदालतको आदेश

केवाइसी गाडीको आयात तथा बिक्री–वितरण नगर्न अदालतको आदेश

काठमाडौं–काठमाडौं जिल्ला अदालतले केवाइसी ब्रान्डका इलेक्ट्रिक भ्यानको...

दाङमा एमएडब्लु बृद्धिको अत्याधुनिक शोरुम, नामी भिगो सार्बजनिक

दाङमा एमएडब्लु बृद्धिको अत्याधुनिक शोरुम, नामी भिगो सार्बजनिक

दाङ–डोङफेङ ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धिले दाङमा...

यस्तो छ टीभीएसले ल्याउन लागेको नयाँ इलेक्ट्रिक स्कुटर, अर्को हप्ता लन्च हुने

यस्तो छ टीभीएसले ल्याउन लागेको नयाँ इलेक्ट्रिक स्कुटर, अर्को हप्ता लन्च हुने

टीभीएसले २३ अगष्टमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ । यूएईको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...