बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – हालै नेपाली बजारमा उपलब्ध उच्च प्रविधियुक्त फोटोन टुनल्यान्ड एम्बुलेन्स नेसनल ट्रमा सेन्टरलाई हस्तान्तरण गरिएको छ ।
फोटोनको बालकुमारीस्थित सोरुममा आयोजित एक कार्यक्रममा फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकल्स प्रालिका डाइरेक्टर विवेक सिकारिया र सेल्स म्यानेजर नवीन आचार्यले नेसनल ट्रमा सेन्टरका डाइरेक्टर डा. सन्तोष पौडेललाई सो एम्बुलेन्स हस्तान्तरण गरे ।
नेपाली बजारमा यति धेरै सुविधायुक्त एम्बुलेन्स पहिलो पटक भित्रिएको एमएडब्ल्यु वृद्धिले दावी गरेको छ । यसमा गाडी भित्र एउटा विरामीका लागि आवश्यक सम्पूर्ण मेडिकल पूर्वाधारहरु उपलब्ध हुने छन् । यसका कारण विरामीलाई अस्पताल लैजादा वा ल्याउदा सहज हुन्छ ।
अस्पतालहरुको आवश्यकता अनुसार एम्बुलेन्समा आवश्यक थप पूर्वाधारसहित सुविधायुक्त बनाउन सकिने कम्पनीको भनाइ छ ।
नेपाली बजारमा यो भन्दा पहिले फोटोनको टुनल्यान्ड ई पिकअप र १५ सिटर तथा १९ सिटर भ्यु सीएस२एल भ्यान समेत उपलब्ध छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...