फरथिङ फ्राइडे ईभी अव युरोपेली बजारमा पनि, नेपालसहित विश्वभर विस्तार हुँदै

काठमाडौं – चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको फरथिङ फ्राइडे ईभी युरोपेली बजारमा समेत उपलब्ध हुन थालेको छ । जमर्नीको म्यूनिख सहरमा हालै सम्पन्न इन्टरनेश्नल अटोमोबाइल एक्जिबिसन(आईएए) मा प्रदर्शनी पश्चात सो ईभी औपचारिक रुपमा युरोप प्रवेश गरेको हो । आकर्षक डिजाइन र अत्याधुनिक प्रबिधीका कारण यस ईभीको बजार विश्वभर विस्तार भइरहेको छ ।

नेपालमा केही समयअघि सम्पन्न नाइमा मोबिलिटी एक्सपोमार्फत बिक्री सुरु भएको फरथिङ फ्राइडे किफायती मूल्यका कारण आफ्नो सेग्मेन्टमा लोकप्रिय बनिरहेको छ । लक्जरी र एक्सक्लुसिभ गरी दुई भेरिएन्टमा उपलब्ध सो ईभीको मूल्य क्रमशः ४८ लाख ९६ हजार र ५४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

६४.४ किलोवाट आवरको ब्याट्री प्याक जाडन गरिएको यस ईभीमा ९९ किलोवाट क्षमताको मोटर राखिएको छ । सिंगल चार्जमा यसले ४०० किलोमिटर रेन्ज दिने दाबि गरिएको छ । एसयुभीमा ११ किलोवाट क्षमताको अन–वोर्ड चार्जर पाउन सकिन्छ भने यसले १२० किलोवाट सम्मको डिसी चार्जर समेत सपोर्ट गर्दछ ।

फरथिङ फ्राइडेमा भेन्टीलेटेड, हिटेड, मसाज र मेमोरी सिट उपलब्ध गराइएको छ । ८.८ इन्चको एलसीडी इन्स्टुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक टेलगेट, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड र ६स्पीकर सहितको म्युजिक सिस्टम लगायत फिचर यसमा पाउन सकिन्छ ।

सुरक्षाका लागि यसमा एडास फिचर सहित ६ वटा एयरव्याग, एबीएस, इबीडी, सीबीडी, एचबीए, इबीए, बीए, एएसआर, टीसीएस, टीआरसी, इएसपी, अटोमेटिक पार्किङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामरा, फ्रन्ट÷रियर पार्किङ राडार, एडाप्टीभ क्रुज कन्ट्रोल अपहिल÷डाउनहिल असिस्ट लागयत विशेषता पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

देशभर ५० स्थानमा छन् बीवाईडीका फास्ट चार्जर, यात्राका लागि चिन्ता नलिन आग्रह

देशभर ५० स्थानमा छन् बीवाईडीका फास्ट चार्जर, यात्राका लागि चिन्ता नलिन आग्रह

काठमाडौं – नेपालका लागि बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंकले देशभर...

चांगन डीपल एसएल–०३ नेपालमा नयाँ वर्षको पहिलो त्रैमासिकमा सार्वजनिक हुने

चांगन डीपल एसएल–०३ नेपालमा नयाँ वर्षको पहिलो त्रैमासिकमा सार्वजनिक हुने

काठमाडौं– आगामी डिसेम्बरमा थाइल्यान्डमा सार्वजनिक हुन लागेको चांगनको...

सेरेसको पहिलो शोरुम पानीपोखरीमा, अटो शोमा दुईवटा मोडल प्रदर्शन गरिने

सेरेसको पहिलो शोरुम पानीपोखरीमा, अटो शोमा दुईवटा मोडल प्रदर्शन गरिने

काठमाडौं– नेपाल भित्रिएको नयाँ ईभी ब्रान्ड सेरेसका कारहरु बिक्री गर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...