केरुङ आइपुग्यो ‘फरथिङ फ्राइडे’ ईभी, मूल्य कति ?

काठमाडौं–नेपाली बजारमा अबको केही दिन पछि अर्को नयाँ विद्यूतीय एसयूभी लन्च हुने भएको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई–मोविलीटीले चिनियाँ अटो उत्पादनक डोङफेङको ‘फरथिङ फ्राइडे’ एसयूभीलाई अर्को हप्ता औपचारिक लन्च गर्न लागेको हो ।

फ्राइडे एसयुभीको दुईवटा भेरिएन्ट केरुङसम्म आइपुगेको र अवको केही दिनपछि औपचारिक लन्च हुने लक्ष्मी ई–मोबिलिटी स्रोतले जनाएको छ । यो एसयुभी लक्जरी र एक्सक्लुसिभ भेरिएन्टमा उपलब्ध हुनेछ भने मूल्य ५६ लाख ९६ हजार र ६२ लाख ९६ हजार रुपैयाँ पर्ने वताइएको छ।

६४.४ किलोवाट आवरको ब्याट्री प्याक जाडन गरिएको यस ईभीमा ९९ किलोवाट क्षमताको मोटर राखिएको छ । सिंगल चार्जमा यसले ४०० किलोमिटर रेन्ज दिने दाबि गरिएको छ । एसयुभीमा ११ किलोवाट क्षमताको अन–वोर्ड चार्जर पाउन सकिन्छ भने यसले १२० किलोवाट सम्मको डिसी चार्जर समेत सपोर्ट गर्दछ ।

फरथिङ फ्राइडेमा भेन्टीलेटेड, हिटेड, मसाज र मेमोरी सिट उपलब्ध गराइएको छ । ८.८ इन्चको एलसीडी इन्स्टुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक टेलगेट, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड र ६स्पीकर सहितको म्युजिक सिस्टम लगायत फिचर यसमा पाउन सकिन्छ ।

सुरक्षाका लागि यसमा एडास फिचर सहित ६ वटा एयरव्याग, एबीएस, इबीडी, सीबीडी, एचबीए, इबीए, बीए, एएसआर, टीसीएस, टीआरसी, इएसपी, अटोमेटिक पार्किङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामरा, फ्रन्ट÷रियर पार्किङ राडार, एडाप्टीभ क्रुज कन्ट्रोल अपहिल÷डाउनहिल असिस्ट लागयत विशेषता पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

३ वर्षमा टीभीएसले बेच्यो २ लाख युनिट आई–क्यूव, नेपालमा छैन चर्चा

३ वर्षमा टीभीएसले बेच्यो २ लाख युनिट आई–क्यूव, नेपालमा छैन चर्चा

काठमाडौं– टीभीएसको पहिलो इलेक्ट्रिक स्कुटर आई–क्यूबले भारतीय बजारमा २...

चिनियाँ वैज्ञानिकहरूले बनाए ३ मिनेटमै फुल चार्ज हुने ईभी ब्याट्री

चिनियाँ वैज्ञानिकहरूले बनाए ३ मिनेटमै फुल चार्ज हुने ईभी ब्याट्री

चीनका वैज्ञानिकहरूले ३ मिनेटमै फुल चार्ज हुने सोलिड स्टेट ब्यार्टी लिथियम...

चर्चामा दुई इलेक्ट्रिक ह्याचब्याक, वुलिङ बिंगो र टाटा टियागोमा कुन किन्ने ?

चर्चामा दुई इलेक्ट्रिक ह्याचब्याक, वुलिङ बिंगो र टाटा टियागोमा कुन किन्ने ?

विगत लामो समययता ओझेलमा पर्दै आएको ह्याचब्याक सेग्मेन्ट ईभीको आगमनसँगै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...