फर्मुला १ का अनलाइन फ्लोअर्स २ करोडबाट बढेर ११ करोड ५० लाख

एक समय संसारको सबैभन्दा तीव्र कार रेसको रूपमा चिनिएको फर्मुला १ अहिले केवल मोटरस्पोर्टमा सीमित छैन। ट्र्याकमा इन्जिनको गर्जन, सेकेन्डको प्रतिस्पर्धा र चालकहरूको अद्भुत प्राविधिक क्षमताले चिनिएको सो खेल अहिले ग्ल्यामर, मनोरञ्जन र जीवनशैलीसँग जोडिएको विश्वव्यापी ब्रान्डका रूपमा स्थापित भएको छ। पछिल्ला केही वर्षमा गरिएको रणनीतिक परिवर्तनले फर्मुला १ लाई परम्परागत खेलको सीमाभन्दा बाहिर निकाल्दै नयाँ स्वरूप दिएको छ।

यस रूपान्तरणको प्रमुख श्रेय अमेरिकी मिडिया कम्पनी लिबर्टी मिडियालाई दिइन्छ। सन् २०१७ मा कम्पनीले फर्मुला १ को नियन्त्रण लिएपछि खेलको प्रस्तुतीकरण, डिजिटल रणनीति र दर्शकसम्म पुग्ने तरिका व्यापक रूपमा परिवर्तन गरियो । लिबर्टी मिडियाको उद्देश्य फर्मुला १ लाई केवल दौडको रूपमा प्रस्तुत गर्नु नभई एक विशाल मनोरञ्जनात्मक कार्यक्रमका रूपमा स्थापित गर्नु थियो।

यस परिवर्तनलाई तीव्र बनाउने प्रमुख माध्यम नेटफ्लिक्समा प्रसारण भएको वेब शृंखला ड्राइभ टु सर्भाइभ बन्यो। यस शृंखलाले ट्र्याक बाहिरको संसार दर्शकसामु ल्यायो, जहाँ चालकको व्यक्तिगत जीवन, टोलीबीचको प्रतिस्पर्धा, रणनीति र पर्दापछाडिका घटनाहरू देखाइए। यसले दर्शकको चासो निकै बढायो र धेरै मानिसहरू केवल रेस मात्र नभई ड्राइभरको कथा र नाटकमा पनि आकर्षित हुन थाले।

लिबर्टी मिडियाले विशेष गरी युवा र नयाँ पुस्ताका दर्शकलाई लक्षित गर्दै डिजिटल रणनीति अघि बढायो। सामाजिक सञ्जालमा सक्रियता बढाइयो, छोटा भिडियो सामग्री, गेमिङ र अन्तरक्रियात्मक डिजिटल सामग्रीलाई प्राथमिकता दिइयो। सन् २०१८ मा फर्मुला १ का अनलाइन अनुयायी करिब २ करोड मात्र थिए भने ८ वर्षमा यो संख्या बढेर ११ करोड ५० लाख पुगेको छ। डिज्नी र लेगो जस्ता ब्रान्डसँग साझेदारी गरेर फर्मुला १ ले बालबालिका र किशोरकिशोरीसम्म पुग्ने प्रयास गरिरहेको छ ।

यस रणनीतिक परिवर्तनको प्रभाव आर्थिक क्षेत्रमा पनि देखिएको छ। सन् २०२५ सम्म फर्मुला १ को कुल राजस्व करिब ३२ हजार करोड भारु पुग्ने अनुमान गरिएको छ। कम्पनीको कुल बजार मूल्य पनि करिब १.७४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी पुगेको बताइएको छ। विश्वका धेरै देशहरू फर्मुला १ ग्रान्ड प्रिक्स आयोजना गर्न ठुलो रकम तिर्न तयार देखिन्छ । चीन र साउदी अरेबिया जस्ता देशहरूले यस्तो रेस आयोजना गर्न उल्लेखनीय शुल्क तिर्छन्, किनकि यसले पर्यटन, विदेशी लगानी र अन्तर्राष्ट्रिय पहिचान बढाउन मद्दत गर्छ।

आज फर्मुला १ केवल कार निर्माता कम्पनीहरूको खेल मात्र रहेन। लग्जरी र प्रविधिसँग सम्बन्धित ठुला ब्रान्डहरू पनि यसमा जोडिन थालेका छन् । फ्रान्सेली लक्जरी समूह एलभीएमएच, जसमा लुइस भिटन ब्रान्ड समावेश छ, ले करिब ८ हजार ३०० करोड भारु बराबरको १० वर्षे साझेदारी सम्झौता गरेको छ। यसले फर्मुला १ अब प्रिमियम जीवनशैली प्लेटफर्मका रूपमा विकसित भइरहेको संकेत गर्छ। त्यस्तै प्रविधि कम्पनी एप्पलले पनि करिब ६ हजार २०० करोड भारु बराबरको ठुलो सम्झौतामार्फत खेलमा आफ्नो उपस्थिति बलियो बनाएको छ ।

यस्तै विस्तार योजनाअन्तर्गत लिबर्टी मिडियाले मोटोजीपी पनि खरिद गरेको छ। कम्पनीले यसलाई पनि फर्मुला १ जस्तै लोकप्रिय र लाभदायक खेलका रूपमा विकास गर्ने योजना बनाएको बताइएको छ।

सम्बन्धित समाचारहरू

पोखरामा पहिलो पटक पोखरा मोटो–इन्ड्युरो क्रस च्याम्पियनसिप २०२४ हुने

पोखरामा पहिलो पटक पोखरा मोटो–इन्ड्युरो क्रस च्याम्पियनसिप २०२४ हुने

पोखरा – पोखरा राइडर्स क्लबको आयोजनामा ‘पोखरा मोटो–इन्ड्युरो क्रस...

एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा नेपाल : यस्ता छन् खेलाडी

एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा नेपाल : यस्ता छन् खेलाडी

एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिप ओलम्पिक शैलीमा आयोजना हुने...

मोटर स्पोर्ट्समा अगाडि बढ्दै काठमाडौं विश्वविद्यालय, विभिन्न कार्यक्रम गर्दै

मोटर स्पोर्ट्समा अगाडि बढ्दै काठमाडौं विश्वविद्यालय, विभिन्न कार्यक्रम गर्दै

काठमाडौं विश्वविद्यालयका विद्याथीहरुको संस्था एसोसिएसन अफ मेकानिकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...