रेसिङको अन्तर्राष्ट्रिय संस्था एफआईएका पूर्व अध्यक्ष म्याक्स मोस्लेको निधन

अटोमोबाइल रेसिङ सम्बन्धी अन्तर्राष्ट्रिय संस्था फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए) का पूर्व अध्यक्ष म्याक्स मोस्लेको निधन भएको छ । मोस्लेको सोमबार अर्थात मे २४ मा ८१ वर्षको उमेरमा निधन भएको हो ।

सन् १९९३ देखि २००९ सम्म उनले एफआईए अध्यक्षको कार्यभार सम्हालेका थिए । बेलायतको लण्डनमा सन् १९४० मा जन्मेका मोस्लेले मोटर स्पोर्ट्सको विकासका लागि मात्र होइन, यसलाई सुरक्षित बनाउनका लागि समेत अहम् भूमिका निभाएका छन् ।

सन् २००९ मा उनले हालका अध्यक्ष जोन टडलाई अध्यक्षको कार्यभार सुम्पेका थिए । मोस्लेले बेलायत, फ्रान्स र जर्मनीमा स्कुल जीवन पुरा गरेका थिए भने अक्सफोर्ड युनिभर्सिटीमा भौतिक शास्त्र अध्ययन गरेका थिए । पछि उनले कानुन समेत पढेर पेटेन्ट र ट्रेडमार्क कानुनको ज्ञाता नै बनेका थिए । उनले एफआईएलाई समेत विभिन्न कानुनी कार्यमा सघाएका थिए ।

एफआईए अध्यक्ष जिन टोडले म्याक्स मोस्लेको निधनबाट आफू दुःखित भएको बताउदै उनी फर्मुला वान र मोटर स्पोर्टको विकासमा क्रियाशील महत्वपूर्ण व्यक्तित्व भएको बताएका छन् । १६ वर्ष सम्मको कार्यकालमा उनले ट्रयाक र रोडलाई सुरक्षित गराउनका लागि उनले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उनले सम्पूर्ण एफआईए परिवारको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।

सम्बन्धित समाचारहरू

९५ लाख खर्चमा मोटर स्पोर्ट्स सम्बन्धी फर्मुला वानको कार्यक्रम नेपालमा संचालन हुने

९५ लाख खर्चमा मोटर स्पोर्ट्स सम्बन्धी फर्मुला वानको कार्यक्रम नेपालमा संचालन हुने

काठमाडौं – मोटर स्पोर्ट्समा संलग्न नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा...

रोड रेसिङ विजेतालाई विशेष समारोहमा यसरी गरियो पुरस्कृत

रोड रेसिङ विजेतालाई विशेष समारोहमा यसरी गरियो पुरस्कृत

काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ विजेताहरुलाई एक विशेष...

भारतको हिमाञ्चल प्रदेशमा हुने -याली अफ चाम्बामा भाग लिन जादै राइडर दीपक साह

भारतको हिमाञ्चल प्रदेशमा हुने -याली अफ चाम्बामा भाग लिन जादै राइडर दीपक साह

काठमाडौं – नेपालका प्रसिद्ध बाइक राइडर दीपक साह भारतको हिमाञ्चल प्रदेशमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...