रेसिङको अन्तर्राष्ट्रिय संस्था एफआईएका पूर्व अध्यक्ष म्याक्स मोस्लेको निधन

अटोमोबाइल रेसिङ सम्बन्धी अन्तर्राष्ट्रिय संस्था फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए) का पूर्व अध्यक्ष म्याक्स मोस्लेको निधन भएको छ । मोस्लेको सोमबार अर्थात मे २४ मा ८१ वर्षको उमेरमा निधन भएको हो ।

सन् १९९३ देखि २००९ सम्म उनले एफआईए अध्यक्षको कार्यभार सम्हालेका थिए । बेलायतको लण्डनमा सन् १९४० मा जन्मेका मोस्लेले मोटर स्पोर्ट्सको विकासका लागि मात्र होइन, यसलाई सुरक्षित बनाउनका लागि समेत अहम् भूमिका निभाएका छन् ।

सन् २००९ मा उनले हालका अध्यक्ष जोन टडलाई अध्यक्षको कार्यभार सुम्पेका थिए । मोस्लेले बेलायत, फ्रान्स र जर्मनीमा स्कुल जीवन पुरा गरेका थिए भने अक्सफोर्ड युनिभर्सिटीमा भौतिक शास्त्र अध्ययन गरेका थिए । पछि उनले कानुन समेत पढेर पेटेन्ट र ट्रेडमार्क कानुनको ज्ञाता नै बनेका थिए । उनले एफआईएलाई समेत विभिन्न कानुनी कार्यमा सघाएका थिए ।

एफआईए अध्यक्ष जिन टोडले म्याक्स मोस्लेको निधनबाट आफू दुःखित भएको बताउदै उनी फर्मुला वान र मोटर स्पोर्टको विकासमा क्रियाशील महत्वपूर्ण व्यक्तित्व भएको बताएका छन् । १६ वर्ष सम्मको कार्यकालमा उनले ट्रयाक र रोडलाई सुरक्षित गराउनका लागि उनले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उनले सम्पूर्ण एफआईए परिवारको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।

सम्बन्धित समाचारहरू

राजन पिया नासा नेपाल बागमती प्रदेश अध्यक्षमा चयन

राजन पिया नासा नेपाल बागमती प्रदेश अध्यक्षमा चयन

चितवन – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) बागमती प्रदेशको अध्यक्षमा...

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५, टोलदेखि ट्रयाकसम्मको हाईवे

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५, टोलदेखि ट्रयाकसम्मको हाईवे

बागमती प्रदेश खेलकुद विकास परिषदमा दर्ता भई नेपाल अटोमोबाइल्स एसोसिएसन...

मोटरसाइक्लिङ सेफ्टी तथा सस्टेनेबिलिटि शीर्षकमा वेबिनार सम्पन्न

मोटरसाइक्लिङ सेफ्टी तथा सस्टेनेबिलिटि शीर्षकमा वेबिनार सम्पन्न

काठमाडौं – एफआइएम सस्टेनेबल विक २०२१ को अवसरमा नेपाल अटोमोवाइल्स एसोसिएसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...