बुकिङ खुल्यो फोर्ड इकोस्पोर्ट २०२१ संस्करणको, २०२० को मूल्यमै उपलब्ध हुने

काठमाडौं – नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स प्रालि (जीओ फोर्ड) ले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करणको बुकिङ खुल्ला गरेको छ । सन् २०१३ मा विक्री शुरुवात भएको र सन् २०१७ मा ड्रयागन सिरिज इन्जिन जडान गरेर अद्यावधिक गरिएको थियो ।

यसको शक्तिशाली प्रदर्शन, बहुमुखी प्रतिभा, क्षमता, परिस्कृत स्टाइल र उच्चतम प्रविधिले नेपालीको मन जितेको कम्पनीले बताएको छ । यसले लगातार नयाँ सुविधाहरु र प्रविधिहरुको साथ आफ्नो श्रेणी/सेगमेन्ट नै पुन: परिभाषित गर्दै आएको छ । फोर्ड इकोस्पोर्टमा ग्राहकको विश्वासको कारण मोडल २०२० सम्पूर्ण रुपमा विक्री भइसकेको र नयाँ मोडल २०२१ को लागि २०२० को मूल्यमा नै बुकिङ खुल्ला गरिएको कम्पनीले जनाएको छ । यो योजना सीमित अवधिको लागि मात्र उपलब्ध हुने समेत बताइएको छ ।

सन् २०२१ संस्करण इकोस्पोर्टमा बीएस६ मा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ २०२० संस्करण मूल्यमा वुकिङ खुल्ला गरिएको छ । यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल/डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ । लाइन–अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५ लिटर टीआई–भीसीटी पेट्रोल इन्जिन समावेश छ । जसले १२२ पीएस पावर र १४९ एनएम टर्क प्रदान गर्दछ । पेट्रोल इन्जिन पाँच स्पिड म्यानुअल ट्रान्समिसन र ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।

  • सबैभन्दा लोकप्रिय कम्प्याक्ट एसयूभी फोर्ड इकोस्पोर्ट २०२१ संस्करणको २०२० को मूल्यमा वुकिङ खुल्ला गरिएको छ ।
  • ६ वटा एयरव्यागहरु, टचस्क्रिन, इन्फोटेनमेन्ट र अरु बढी सुविधासहित फोर्ड इकोस्पोर्टले सुरक्षा र कनेक्टिभिटीको नेतृत्व गर्दै आएको छ ।
  •  ३ वर्ष वा १ लाख किमी वारेन्टी र आफ्नो सेगमेन्टमा सबैभन्दा कम स्वामित्व मूल्य सहित इकोस्पोर्टले आफ्नो. उचित मूल्यको अवधारणालाई मजबूत गरेको छ ।

इकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएस६ मा आधारित १.५ लिटर टीडीसीआई डिजेल इन्जिन रहेको छ, जसले १०० पीएस पावर र २१५ एनएम टर्क प्रदान गर्दछ र यो म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ । इकोस्पोर्टले आकर्षक वाहिरी बनावट, आरामदायी भित्री बनावट तथा स्टाइललाई कायम राखेको छ । साथै यो सनरुफ जडित भेरिएन्टमा पनि उपलब्ध छ ।

२०२१ इकोस्पोर्टमा ग्राहकहरुको लागि अतुलनीय सुरक्षा, आरामदायी सवारीका साथै हरेकपल कनेक्टेड रहन उच्चतम प्रविधिहरु जडान गरिएको छ । यसमा चालक र यात्रीको सुरक्षाको लागि ६ वटा सम्म एयरव्याग रहेको छ । यसको माथिल्लो मोडलमा मनोरञ्जन तथा कनेक्टिभिटीको लागि ८ इन्चको टचस्क्रिनयुक्त सिंक ३ सिस्टम, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो अनुकूलतामा टप–इन लाइन इकोस्पोर्ट भेरिएन्ट उपलब्ध छ ।

त्यसैगरी ९ इन्च टचस्क्रिनमा आधारित इन्फोटेनमेन्ट प्रणाली र सबैजसो भेरिएन्टमा एम्वेडेड नेभिगेसन रहेको छ । सवारी आरामदायी तथा सुविधाजनक बनाउन स्वचालित हेडल्याम्प, पुस बटन, स्टार्ट/स्टप, डे टाइम रनिङ लाइट (डीआरएल), रेन सेन्सिङ वाइपर र अन्य धेरै उच्चतम प्रविधि यसमा उपलब्ध छन् ।

फोर्ड इकोस्पोर्ट २०२० मोडलको विभिन्न भेरिएन्ट र यसको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...