एसयूभीको डिजाइन प्याटेन्ट दर्ता र कर्मचारी माग गरेर फोर्डले देखायो छिट्टै भारत फर्कने संकेत
फोर्डले भारतमा कार निर्माणलाई छिट्टै निरन्तरता दिने संकेत देखाएको छ । २...
काठमाडौं – नेपालमा फोर्ड गाडीको आधिकारिक आयातकर्ता तथा वितरक जीओ अटोमोबाइल्स प्रालिले फोर्ड इन्डियामार्फत नेपालमा रहेका आफ्ना ग्राहकहरुलाई फोर्ड गाडीहरुमा सेवा, पार्टपुर्जा र वारेन्टीका लागि निरन्तर सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकी कार निर्माता कम्पनी फोर्डले सेप्टेम्बर २०२१ देखि भारतमा आफ्नो उत्पादन प्रक्रिया बन्द गरेपछि यो निर्णय आएको हो ।
फोर्डले #CommittedToServe नामक नयाँ अभियान शुरु गरेको छ, जसले उपभोक्ताहरुलाई पार्टपुर्जा, मर्मत सम्भार, सर्भिसिङ र वारेन्टीको सहयोग प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई जोड दिन्छ ।
यस नयाँ अभियानले स्पेयर पार्ट्समा सहज पहुँच, पार्ट्सको लागतको साथ स्वामित्व, लागतमा पारदर्शिता, विस्तारित वारेन्टीको प्रतिज्ञा र सेवाको गुणस्तरमा पारिवारिक अनुभूतिको प्रतिबद्धता व्यक्त गरेको छ ।
“पारिवारिक अनुभूतिको प्रतिबद्धता जस्तै फोर्डको सेवाको बारेमा कमिटेड टु सर्भ अभियान अघि बढाइएको हो जसअनुरुप सदाझैं फोर्ड तपाईंहरुको साथमा छ भन्ने विश्वस्त पार्न चाहन्छौ । यो प्रतिबद्धता नेपालमा जीओ फोर्डमा रहेका सक्षम र व्यावसायिक टोलीमार्फत तपाईंहरुलाई दिइ रहनेछ,” फोर्ड इन्डियाका मार्केटिङ, सेल्स र सर्भिसका कार्यकारी निर्देशक श्री विनय रैनाले भने ।
भारतको अग्रणी अटो पत्रिका अटोकारको एन्नुअल भेइकल मेन्टेनेन्स सर्भेमा फोर्डको सेवाप्रतिको प्रतिबद्धता स्थिर रहेको बारम्बार प्रमाणित भएको छ, जसकारण यो ब्रान्ड सो अवार्ड जित्ने सबैभन्दा किफायती ब्रान्डहरु मध्ये एक बनेको बताइएको छ । यस सर्वेक्षण अनुसार फोर्डको सर्भिस र पार्टपुर्जाहरु सबैभन्दा किफायती छन् ।
यस प्रतिबद्धतालाई दोहो-याउँदै जीओ अटोमोबाइल्स प्रालिका प्रबन्ध निर्देशक आकाश गोल्छा भन्छन्, “हामी फोर्ड एभरेष्ट, फोर्ड रेन्जर र फोर्ड -याप्टर जस्ता मोडलहरु तेस्रो मुलुकबाट आयात जारी राख्नेछौं र स्पेयर पार्ट्सको उपलब्धता र वारेन्टी पनि उपलब्ध गराइरहने छौं । यसले नेपालभरि रहेका फोर्डको सेवा केन्द्रहरुबाट सेवा निरन्तर राख्न सहयोग गर्नेछ र हामीलाई ग्राहकहरुलाई अझ प्रभावकारी रुपमा सेवा दिन मद्दत गर्नेछ ।”
कम्पनी र यसका उत्पादनहरुप्रतिको विश्वासका लागि ग्राहकहरुलाई धन्यवाद दिँदै, कम्पनीले पारिवारिक अनुभूतिको रुपमा उत्कृष्ट सेवाहरु प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको बताएको छ ।
फोर्डले भारतमा कार निर्माणलाई छिट्टै निरन्तरता दिने संकेत देखाएको छ । २...
फोर्डको फ्रिस्टायल अब ३० प्रतिशत डाउनपेमेन्टमा नै खरिद गर्न पाइने भएको छ ।...
विश्वको सबैभन्दा ठुलो कार कम्पनी मध्येको एक फोर्ड र बत्तीको बल्बको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...